Kathmandu Press

वीरगञ्जलाई विकसित सहरका रूपमा विकास गर्नुपर्छ : अध्यक्ष ओली

वीरगञ्ज, चैत २२ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशकै आर्थिक नगरी वीरगञ्जलाई विकसित सहरका रूपमा विकास गर्नुपर्ने बताएका छन।...
वीरगञ्जलाई विकसित सहरका रूपमा विकास गर्नुपर्छ : अध्यक्ष ओली
Hardik ivf

वीरगञ्ज, चैत २२ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशकै आर्थिक नगरी वीरगञ्जलाई विकसित सहरका रूपमा विकास गर्नुपर्ने बताएका छन। नेकपा एमाले पर्साद्वारा आज वीरगञ्जमा आयोजना गरिएको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा ओलीले वीरगञ्जलाई रिङरोडसहितको नमूना र विकसित सहरका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
 
उनले विदेशी मुद्राको सञ्चितिमा देखिएको कमीका कारण मुलुकभित्रको उद्योग व्यवसाय सञ्चालनमा व्यापारीले समस्या भोग्नुपरेको विचार व्यक्त गरे। उनले सरकारको भण्डारमा देखिएको अमेरिकी डलरलगायतका विदेशी मुद्राको कमीका कारण विदेशबाट मालसामान खरिद गर्न व्यापारीलाई ठूलो समस्या भएको प्रष्ट पारे।

अध्यक्ष ओलीका अनुसार मुलुकमा देखिएको आर्थिक तरलताको कमजोर अवस्थाले एकातर्फ उद्योगपति व्यापारी समस्यामा छन् भने अर्कोतर्फ विकास निर्माणको काम सम्पन्न गरे पनि भुक्तानी नपाएर निर्माण व्यापारी मारमा परेका छन्। उनले देशलाई आधुनिकीकरण गरेर डिजिटल नेपाल बनाउने काम नेकपा एमालेले गर्ने हुँदा आउँदो निर्वाचनमा पुनः एमालेलाई भारी मतका साथ विजयी बनाउन आग्रह गरे।

प्रकाशित मिति: २०:१८ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्