Kathmandu Press

एएफसी कप छनोटको प्ले अफबाटै बाहिरियो मछिन्द्र

काठमाडाैं, चैत २२ : पहिलो पटक एएफसी कप छनोट खेलिरहेको ए डिभिजन लिग च्याम्पियन मछिन्द्र पहिलो खेलमै पराजित भएको छ। मंगलबार दशरथ रंगशालामा...
एएफसी कप छनोटको प्ले अफबाटै बाहिरियो मछिन्द्र

काठमाडाैं, चैत २२ : पहिलो पटक एएफसी कप छनोट खेलिरहेको ए डिभिजन लिग च्याम्पियन मछिन्द्र पहिलो खेलमै पराजित भएको छ। मंगलबार दशरथ रंगशालामा भएको छनोटको प्ले अफको पहिलो खेलमा मछिन्द्र श्रीलंकाको ब्लु स्टार एफसीसँग २–१ले पराजित भयो।

मछिन्द्रविरुद्ध ब्लु स्टारलाई जित दिलाउन मोहमेद इशान र सेनाल सन्देसले गोल गरे भन्े मछिन्द्रका लागि कप्तान सुजल श्रेष्ठले गोल गरेका थिए।

मछिन्द्रविरुद्ध ब्लु स्टारले दुवै गोल पहिलो हाफमै गरेको थियो। २४औं मिनेटमा इशानले गोल गर्दै ब्लु स्टारलाई सुरुआती अग्रता दिलाए।

त्यसअघि १५औं मिनेटमै ब्लु स्टारले गोल गर्ने अवसर गुमायो। अरेपेड ओम्बेबेको पेनाल्टी प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए। देवेन्द्र तामाङले सेनल सन्देशलाई फाउल गरेपछि ब्लु स्टारले पेनाल्टी पाएको थियो।

२७औं मिनेटमा सेनल सन्देशले गोल गर्दै ब्लु स्टारलाई २–० को जित दिलाए। मछिन्द्रका रञ्‍जित धिमालले क्लियर गर्न नसकेको बलमा सन्देशले उत्कृष्ट गोल गरे। इन्जुरी समयमा सुजलले हेडरमार्फत गोल गरेपनि त्यो मछिन्द्रका् हार टार्न पर्याप्त भएन।

घरेलु मैदान र दर्शकको साथ पाए पनि मछिन्द्रले भने गोल गर्न सकेन। अपराजित रहँदै शहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको मछिन्द्रले घरेलु मैदानमा सोचे अनुसारको प्रदर्शन गर्न सकेन।

मछिन्द्रलाई हराएको ब्लु स्टारले दोस्रो चरणमा भारतको एटिके मोहन बगानसँग अप्रिल १२ मा कोलकतामा खेल्नेछ।

प्रकाशित मिति: १९:४५ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्