बुढानीलकण्ठमा कांग्रेसले राख्यो नि:शुल्क स्वास्थ्य शिविर
काठमाडाैं, चैत २२ : स्वार्गीय गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसको सम्झनामा बिहीबार बुढानीलकण्ठ नगरपालिका–४ मा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।नेपाली कांग्रेस बुढानीलकण्ठ नगर...
काठमाडाैं, चैत २२ : स्वार्गीय गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसको सम्झनामा बिहीबार बुढानीलकण्ठ नगरपालिका–४ मा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ।
नेपाली कांग्रेस बुढानीलकण्ठ नगर समितिको आयोजना र गिरिजाप्रसाद कोइराला फाउण्डेशनको सह आयोजनामा होलबडी स्वास्थ्य शिविर राखिएको हो।
नगरको ४ नम्बर वडा कार्यालयमा राखिएको शिविरमा जनरल मेडिकल, शल्यक्रिया, नाक–कान–घाँटी, बाल रोग, हाडजोर्नी, नशा रोग, स्त्री रोग, छाला रोग, आँखा र दन्त रोगको उपचार हुने आयोजकले जनाएका छन्।
शिविरमा आएका बिरामीलाई चिकित्सकको सिफारिसमा ईसीजी, भिडियो एक्सरे र ल्याब टेष्ट पनि नि:शुल्क गरिने जनाइएको छ। शिविर बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन हुने भएकाे छ।

प्रकाशित मिति: १८:५४ बजे, मंगलबार, चैत २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












