Kathmandu Press

तेस्रोलिङ्गी महिला लिजा लिम्बुद्वारा ब्लू डाइमण्ड सोसाइटीलाई आर्थिक सहयोग 

काठमाडौं, चैत्र २२ : बेलायतमा बस्दै आएकी तेस्रोलिङ्गी महिला लिजा लिम्बुले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको हकहितमा क्रियाशील संस्था ब्लू डाइमण्ड सोसाइटीलाई आर्थिक...
तेस्रोलिङ्गी महिला लिजा लिम्बुद्वारा ब्लू डाइमण्ड सोसाइटीलाई आर्थिक सहयोग 

काठमाडौं, चैत्र २२ : बेलायतमा बस्दै आएकी तेस्रोलिङ्गी महिला लिजा लिम्बुले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको हकहितमा क्रियाशील संस्था ब्लू डाइमण्ड सोसाइटीलाई आर्थिक सहयोग गरेकी छन् । 

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समूदायको पक्षमा वकालत गर्दै आएका देशभरका विभिन्न संघसंस्थामा इन्टरनेटको पहुँच विस्तारका लागि भन्दै समाजसेवी लिम्बुले सोसाइटीलाई ४५ हजार रुपैंयाँ नगद सहयोग गरेकी हुन् । सोमबार सोसाइटीको कार्यालय काठमाडौंमा आयोजित एक कार्यक्रममा कार्यकारी प्रमुख मनिषा ढकाललाई उक्त नगद हस्तान्तरण गरिएको हो । 

समूदायको मुद्दा तथा अभियानलाई सामाजिक संजालमार्फत अघि बढाउन सहयोग पुग्ने हिसाबले इन्टरनेट खर्चवापत उक्त रकम प्रदान गरेको समाजसेवी लिम्बुले जानकारी दिइन ।  यसअघि अनाथ बालबालिका, विपन्न परिवार, दुःखी र असहायहरुलाई सहयोग गर्दै आएकी लिम्बुले आगामी दिनमा समूदायको अभियानमा आफ्नो सहयोग रहने प्रतिवद्धता पनि जनाइन । 

कार्यकारी प्रमुख ढकालले लिम्बुको सानो सहयोगले समूदायको अभियानमा टेवा मिल्ने र विश्वभर छरिएर रहेका नेपालीहरुमा पनि समूदायको अभियानमा साथ दिनुपर्छ भन्ने प्रेरणा मिल्ने बताइन ।

प्रकाशित मिति: १८:२४ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्