Kathmandu Press

बिस्का जात्रा सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय 

काठमाडौं, चैत्र २२ : भक्तपुरको प्रसिद्ध जात्रा बिस्काः सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय भएको छ । मंगलबार भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीको अध्यक्षतामा...
बिस्का जात्रा सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय 

काठमाडौं, चैत्र २२ : भक्तपुरको प्रसिद्ध जात्रा बिस्काः सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय भएको छ । 

मंगलबार भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीको अध्यक्षतामा सरोकारवालाहरूसँग बसेको बैठक बिस्का जात्रा सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्ने निर्णय गरेको हो । बिस्काः जात्रासँग सम्बन्धित दाफा, भजन, गुठीलगायत सरोकारवालाहरूसँग नियमित छलफल गरी निर्णय गर्दै आएको उपप्रमुख जोशीले जानकारी दिइन् । 

यस्तै, भैरवनाथको रथ तान्ने र लिंगो उठाउने स्थानहरुमा अनावश्यक हुल हुन नदिन जिल्ला प्रशासन कार्यालयले आवश्यक शान्ति सुरक्षा व्यवस्था छुटै ढंगले गर्ने योजना रहेको प्रजिअ रुद्रादेवी शर्माले बताइन् ।

Hardik ivf

बैठकमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले रथ तान्ने र लिंगो उभ्याउने समयमा हुने विवादलाई सल्टाउनु जरुरी रहेको बताए । जात्रालाई सभ्य र भव्य बनाउन जनप्रतिनिधि र स्थानीय जनताको विशेष भूमिका रहने उनको बुझाइ छ । 

बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, सूर्यविनायक ब्यारेकका प्रमुख सेनानी, राष्ट्रिय अनुन्धान विभागका उपनिर्देशक विकास पाण्डे, जनस्वास्थ्य सेवा केन्द्र प्रमुख रत्नसुन्दर लासिवा, तलेजु भवानीका पुजारी, नेपाल विद्युत प्राधिकरण, भक्तपुर उद्योग वाणिज्य संघलगायतको उपस्थिती थियो । 

यस्तै, बैठकमा गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख खिमा ओली र जात्रासँग सम्बन्धित सरोकारवालाहरू सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल टेलिकम, ख्वप अस्पताल भक्तपुर, नेपाल विद्युत प्राधिकरण, भक्तपुर उद्योग वाणिज्य संघ, तलेजुका पुजारी, इन्द्रायणी गुठीका गुठियार, भैरवनाथ जात्रा सहयोग समिति, प्रजापति समाज, एकीकृत हाकुज्या प्रजापति समाज, ब्रम्हायणी जात्रा सहयोग समिति, गछेँ गणेश जात्रा सहयोग समिति, लालाछेँ गणेश जात्रा सहयोग समिति, भद्रकाली गुठीलगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

भक्तपुर नगरपालिकाले बिस्केट जात्रा सञ्चालन विषयमा जात्रासँग सम्बन्धित सरोकारवाला विभिन्न पक्षसँग राय सुझाव लिई गरेका महत्वपूर्ण निर्णयहरू: 

१. बिस्का जात्रा २०७८/०७९ शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सम्पूर्ण नगरवासी र जात्रालु दाजु भाई तथा दिदी बहिनीहरुमा जात्रा संयमित र सभ्य तरिकाले मनाउनको लागि अनुरोध गर्ने,

२. बिस्का जात्रा २०७८/०७९ शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जनचेतनामूलक प्रचार प्रसारको लागि माइकिङ र आवश्यक सूचना प्रवाह गर्न भक्तपुर नगरपालिकालाई जिम्मा दिने,

३. बिस्का जात्रा २०७८/०७९ शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जात्रास“ग सम्बन्धित मिति २०७८ चैत्र २७ गतेदेखि मिति २०७९ बैशाख ५ गतेसम्मको सम्पूर्ण जात्राहरुको कार्यसूची अनुरुप समयमै कार्यान्वयन गर्न र गराउन गुठी संस्थान कार्यालय, भक्तपुरलाई जिम्मा दिने,

४. बिस्का जात्रा २०७८/०७९ शान्तपूर्ण रुपमा सम्पन्न गर्न जात्रास“ग सम्बन्धित रथ तान्ने जात्रा, लिंगो उभ्याउने र ढाल्ने जात्रा, रथ जुधाउने जात्रा, टोल टोलको विभिन्न देवी देवताहरुका खत जात्रा, द्यो स्वगं वियगु जात्रालगायका सम्पूर्ण जात्राहरु र जात्रा हुने स्थानहरुमा अनावश्यक हुल हुज्जत हुन नदिई आवश्यक शान्ति सुरक्षा व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय, भक्तपुर मार्फत जिल्लाका सबै सुरक्षा निकायहरुलाई परिचालित गर्न अनुरोध गर्ने,

५. बिस्का जात्रासंग सम्बन्धित भैरवनाथको रथ जात्रामा परम्परा अनुसार रथमा जोशी, कर्माचार्य, तलेजुको मूल पूजारी, गुठी नाइके, भैरव नाइके, सिकर्मी नाइके, चौगुठीलगायत तोकिएको आवश्यक व्यक्तिहरु बाहेक अन्य व्यक्तिहरु अनधिकृत रुपमा नचढ्न वा नबस्न अनुरोध गर्ने,

६. बिस्का जात्रासंग सम्बन्धित रथ तान्ने जात्रा हुने क्षेत्र र बिस्का जात्रासंग सम्बन्धित अन्य जात्राहरु संचालन हुने क्षेत्रहरुमा रहेका निर्माण सामग्री र भग्नावशेषहरु व्यवस्था गर्न भक्तपुर नगरपालिका मार्फत सम्बन्धित सबैलाई अनुरोध गर्ने,        

७.    बिस्का जात्रा अवधिभर भक्तपुर नगर क्षेत्रमा खानेपानीको आवश्यक व्यवस्था मिलाउन काठमाण्डौ उपत्यका खानेपानी लि., भक्तपुरलाई जिम्मा दिने,

८. बिस्का जात्रा अवधिभर भक्तपुर नगर क्षेत्रभित्र विद्युत प्रसारण सुचारु राख्न नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण शाखालाई जिम्मा दिने,

९. बिस्का जात्रा अवधिभर भक्तपुर नगर क्षेत्रभित्र टेलिफोन र इन्टरनेट सुचारु राख्न नेपाल टेलिकम भक्तपुरलाई जिम्मा दिने,

१०.    बिस्का जात्राको रथ तान्ने क्षेत्र लगायत जात्रा संचालन हुने क्षेत्रहरुमा तार, केबुल र इन्टरनेटको फाइबर तार व्यवस्थित गर्न सम्बन्धित सेवा प्रदायक संघ संस्थाहरुलाई जिम्मा दिने,

११. बिस्का जात्रा अवधिभर जात्रा संचालन हुने भक्तपुर नगरका विभिन्न क्षेत्रहरुमा आकस्मिक स्वास्थ्य सुविधाको लागि स्वास्थ्य शिविर व्यवस्था गर्न र ठाउठाउमा एम्बुलेन्स व्यवस्था गर्न, ख्वप अस्पताल, च्याम्हासिंह, भक्तपुर अस्पताल, सिद्धि स्मृति अस्पताल, डा. इबामुरा अस्पताललगायत भक्तपुरका अन्य अस्पतालहरु र नेपाल रेडक्रस सोसाइटी, भक्तपुरलाई जिम्मा दिने,

१२. बिस्का जात्रा शान्तिपूर्ण र व्यवस्थित रुपमा संचालन गर्न भक्तपुर नगरपालिकाका प्रमुखको संयोजकत्वमा बिस्का जात्रा अनुमगन समिति गठन गर्ने

१३. २०७८ चैत्र २७ गते विहान ७ः० ० बजे बिस्का जात्रासंग सम्बन्धित टिम, क्लव, संघ संस्था, जात्रा व्यवस्थापन समितिलगायत सरोकारवालाहरुलाई सहभागी गराई सद्भावना ¥याली गर्ने निर्णय ग¥यो । 

प्रकाशित मिति: १७:५६ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्