Kathmandu Press

स्टक क्लियरेन्स मेलाको सबै तयारी सकियो, बुधबारदेखि सुरु हुँदै

काठमाडौं, चैत २२ : चैते दशैंको अवसर पारेर चैत २३ गते बुधबारदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना सुरु हुने भएको छ। चाड पर्वका...
स्टक क्लियरेन्स मेलाको सबै तयारी सकियो, बुधबारदेखि सुरु हुँदै

काठमाडौं, चैत २२ : चैते दशैंको अवसर पारेर चैत २३ गते बुधबारदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना सुरु हुने भएको छ। चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनी स्वदेशी तथा विदेशी सामानहरु खरिद गर्न सक्नेगरी मेला आयोजना गरिएको आयोजकले जानकारी दिएको छ। 

इभेण्ट सोलुसन प्रालिले आयोजना गर्न लागेको मेलाको सबै तयारी पुरा भएको इभेण्ट सोलुसनका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए। उनका अनुसार बुधबार बिहान १० जेदेखि मेला सुरु हुनेछ। मेलामा ५० भन्दा बढी स्टलमा दैनिक उपभोग्य सामग्रीका साथै वस्तु तथा सेवा उपलब्ध हुने प्रधानले बताए। 

Hardik ivf

अधिक रुचाइएको यो मेला वर्षेनी आयोजना हुँदै आएकोमा पछिल्लो वर्ष कोरोना महामारीका कारण आयोजना हुन सकेको थिएन। ‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ आयोजना हुने स्टक क्लियरेन्स मेला ५ दिनसम्म सञ्चालन हुनेछ। एक्स्पोमा चैते दशैंका साथै दैनिक उपभोगका लागि आवश्यक सबै किसिमका सामाग्रीहरुको कारोबार हुने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका बजार निर्देशक नविन भट्टले बताए। 

एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहनेछ। यस पटकको मेलामा विभिन्न किसिमका बम्पर छुट अफर समेत रहने आयोजकले जनाएको छ। 

‘मेलामा बजारको तुलनामा सस्तोमा सामान खरिद गर्न सकिन्छ। जहाँ घरायसी प्रयोजनका सम्पूर्ण सामाग्री, छालाका उत्पादनहरु, खानाका परिकार तथा उत्पादन, कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स लगायत सामाग्रीका सयभन्दा बढी स्टलहरु रहने छन्,’ भट्टले भने।

सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा उपलब्ध गराउने लक्ष्यका साथ आयोजना गरिएको एक्सपोमा फिक्स्ड प्राइसका साथै विशेष अफरहरु सञ्चालन गरिनेछ। छाला जुत्ता तथा वस्तुहरुको मेलामा विशेष सहभागिता रहनेछ। 

मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने र बिक्रेताहरुको पनि राम्रो जमघट हुने विश्वास इभेण्ट सोलुसनले लिएको छ। ‘सपिंग गर्न उपभोक्ताहरु बजारमा धेरै भौंतारिनु पर्ने अवस्था नहोस् भन्न एउटै छानामूनी क्लियरेन्स मेला आयोजना गर्न लागेका हौं।’ इभेण्ट सोलुसन प्रालिका अध्यक्ष सुनिल भण्डारीले बताए।

६० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफुलाई आवश्यक पर्ने वस्तु खरिद गर्ने आँकलन इभेण्ट सोलुसनको छ। मेला चैत २७ गते चैते दशैंका दिनसम्म सञ्चालन हुनेछ।
 

प्रकाशित मिति: १६:५९ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्