ए डिभिजनमा बढुवा भयो चर्च बोइज
काठमाडाैं, चैत २२ : चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ए डिभिजन लिगमा उक्लिएको छ। बाँसबारी क्लबमाथि ५–१ सानदार जित निकाल्दै बी डिभिजन लिग...
काठमाडाैं, चैत २२ : चर्च ब्वाइज युनाइटेड सहिद स्मारक ए डिभिजन लिगमा उक्लिएको छ। बाँसबारी क्लबमाथि ५–१ सानदार जित निकाल्दै बी डिभिजन लिग च्याम्पियन बनेसँगै चर्च बोइज ए डिभिजनमा उक्लिएको हो।
लिगको एक खेल बाँकी छँदै उपाधि च्याम्पियन बनाउने क्रममा चर्च बोइजका साइमन लिम्बुले ह्याट्रिकसहित चार गोल गरे भने एक गोल आशिष चौधरीको नाममा रह्यो । बाँसबारीमा सन्जोक धिमालले एक गोल फर्काए ।
सातौं मिनेटमा साइमनले चर्च बोइजलाई सुरुआती अग्रता दिलाए । १७औं मिनेटमा आशिषले टिमको अग्रता दोब्बर बनाए । ३७औं र ४१औं मिनेटमा गोल गर्दै साइनमले आफ्नो ह्याट्रिक पुरा गरे भने टिमलाई ४–०को अवस्थामा पु¥याए।
६३औं मिनेटमा सन्जोक धिमालले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए । ८५औं मिनेटमा साइमनले नै गोल गरेपछि चर्च बोइज च्याम्पियन बन्दै ए डिभिजन लिगमा बढुवा भयो ।
शीर्षस्थानमा रहेको चर्च ब्वाइजको १२ खेलबाट २६ अंक छ । उसले ८ जित र समान दुई बराबरी र हारको नतिजा निकालेको छ।











