Kathmandu Press

भिरबाट लडेर मृत्यु ३० वर्षीय पुरुषको मृत्यु 

सिन्धुपाल्चोक, चैत २२ : सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिपुरासुन्दरी–३ पहरेपानीका ३० वर्षीय सन्तोष थामी रहेको जिल्ला प्रहरी कार्यलयले...
भिरबाट लडेर मृत्यु ३० वर्षीय पुरुषको मृत्यु 

सिन्धुपाल्चोक, चैत २२ : सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा त्रिपुरासुन्दरी–३ पहरेपानीका ३० वर्षीय सन्तोष थामी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ। 

सोमबार दिउँसो ३ बजेतिर घरमाथि रहेको भिरबाट लडेका थामीको टाउकामा गम्भीर चोट लागेको अवस्थामा प्राथामिक स्वाथ्य केन्द्र बाह्रबिसेमा लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौँको ट्रमा सेन्टरमा लगिएको जिल्ला प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी दक्षकुमार बस्नेतले जानकारी दिए। 

उपचारका क्रममा थामीको आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।  

प्रकाशित मिति: १२:३६ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्