Kathmandu Press

सिन्धुपाल्चोकका माझी र दनुवार बस्तीमा पानीका धारा

चौतारा, चैत २२ : २०७२ सालको भूकम्पले ढलेको सिन्धुपाल्चोक भीमटारको माझी र दनुवार समुदायको बस्तीका हरेक घरमा धारा बनेको छ। विभिन्न सङ्घसंस्थाको सहयोगमा एकैनासका...
सिन्धुपाल्चोकका माझी र दनुवार बस्तीमा पानीका धारा
Hardik ivf

चौतारा, चैत २२ : २०७२ सालको भूकम्पले ढलेको सिन्धुपाल्चोक भीमटारको माझी र दनुवार समुदायको बस्तीका हरेक घरमा धारा बनेको छ। विभिन्न सङ्घसंस्थाको सहयोगमा एकैनासका भूकम्प प्रतिरोधी घर बनेको बस्तीमा पिउने पानीको दुःख हटेपछि स्थानीयवासी दङ्ग परेका छन्। 

भूकम्पपछि इन्द्रावती गाउँपालिकाको भीमटार, भोटसिपाको गाउँबस्तीमा पानीको मुहान सुकेपछि पिउने पानीको दुःख सुरु भएको थियो । झन्डै ६ वर्ष पानीको दुःख झेलेका स्थानीयवासीलाई घरघरमा धारा बनेपछि कुनै चाड आए जस्तै खुसी मिलेको स्थानीयवासी अनिल दनुवारले बताए। 
 
इन्द्रावती गाउँपालिका र स्थानीयवासीको जनश्रमदान गरी रु ३९ लाख लागतमा सम्पन्न खानेपानी योजनाबाट भीमटार क्षेत्रका १९५ घरधुरी लाभान्वित भएका छन् । पानीको सुविधापछि घर वरपर सफा भएको छ भने, करेसामा हरियो रोप्न थालिएको छ । खानेपानीको सुविधापछि गाउँको मुहार फेरिन थालेको इन्द्रावती १२ का वडाध्यक्ष कमलरत्न दनुवारले बताए। 

भीमटार जस्तै खानेपानीको मुख्य समस्या बेहोरिरहेको इन्द्रावती–१० भोटसिपाका स्थानीयवासीको पनि गाउँमा पानीको समस्या टरेको छ । ज्याफ्स संस्थाको आर्थिक सहयोग र इन्द्रावती गाउँपालिकाको समन्वयमा निर्मित बूढीचौर लिफ्टी खानेपानी योजनाबाट एक हजार परिवारको घरआँगनमा खानेपानी पुगेको छ । इन्द्रावती गाउँपालिकाभित्रको सबै वडाभरिका २८ हजार स्थानीयवासीलाई घरमै पानी पु¥याउन रु २० करोड बराबरको इन्द्रावती बृहत् खानेपानी योजनाको काम पनि अहिले धमाधम भइरहेको स्थानीयवासी बताउँछन्।

प्रकाशित मिति: १२:३४ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्