Kathmandu Press

बागलुङमा आन्तरिक पर्यटकको चहलपहल

बागलुङ, चैत २२ : कोरोनाले सुस्ताएको बागलुङको पर्यटन व्यवसायमा उल्लेख्य सुधार आएको छ । फाट्टफुट्ट पर्यटक देखिने जिल्लामा दुई वर्षयताकै धेरै पर्यटकहरू आएका छन्...
बागलुङमा आन्तरिक पर्यटकको चहलपहल

बागलुङ, चैत २२ : कोरोनाले सुस्ताएको बागलुङको पर्यटन व्यवसायमा उल्लेख्य सुधार आएको छ । फाट्टफुट्ट पर्यटक देखिने जिल्लामा दुई वर्षयताकै धेरै पर्यटकहरू आएका छन् । मुक्तिनाथ, ढोरपाटन भ्रमण र चैते दसैँमा कालिका मन्दिरको दर्शनका लागि आउने पर्यटकले जिल्लामा चाप निकै बढेको छ । 

चार दिनको भ्रमण समय छुट्याएर मुक्तिनाथ पुगेपछि बागलुङ कालिका दर्शनका लागि एक दिन बागलुङलाई छुट्याएर आएको चितवन भरतपुरका पर्यटक सुन्दरकुमार बरालले सुनाए । उनले सामाजिक सञ्जालमा देखेको लामो पुल, पञ्चकोट लगायतका स्थानले अफूलाई बागलुङ आउने प्रेरित गरेको बताए। अहिले जिल्लामा आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ।

Hardik ivf

भरतुपर महानगरपालिका–२ क्षेत्रपुर चितवनको मितेरी आमा समूह, चितवनकै बिस हजारी सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड र धादिङ जिल्लाको श्री विशाल आमा बचत तथा ऋण सहकारी संस्था लगायतका संस्थाहरू बस लिएरै बागलुङ बागलुङ भ्रमणमा आएका छन् । यस्ता सामाजिक तथा सङ्घसंस्थाहरू दैनिक सयौँको सङ्ख्यामा बागलुङ आउन थालेका छन् । अहिले कालिका मन्दिर परिसर र पञ्चकोटमा पर्यटक बोकेका सवारीसाधनहरूको चाप थेगिनसक्नु छ। 

चैत दोस्रो सातादेखि बागलुङमा आन्तरिक पर्यटकको चाप ह्वात्तै बढेको पर्यटन व्यवसायी बताउँछन् ।  बागलुङको धार्मिक पर्यटकीय क्षेत्रमा अहिले पर्यटकको घुईचोनै लाग्ने गरेको पाइएको छ । बागलुङको ऐतिहासिक चैत्राष्टमी मेलाको पूर्वसन्ध्यामा गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्य बागलुङ कालिका, पञ्चकोट, शालग्राम सङ्ग्रहालय र लामो झोलुङ्गे पुलमा पर्यटकको चाप बढेको पाइएको छ । चैते दसैँ सुरु भएको र मुस्ताङको मुक्तिनाथ जाने भारतीय पर्यटकहरू समेत मुक्तिनाथपछिको दोस्रो गन्तव्य बागलुङलाई मानेर यहाँ आउने गरेको पाइएको छ। 

कोरोनाले दुई वर्षदेखि रोकिएको ऐतिहासिक चैत्राष्टमी मेलाको तयारीसमेत गरिएको छ । बागलुङको चैत्राष्टमी मेला नेपालमै प्रसिद्ध मेलामध्येको एक हो । चैत २४ देखि २८ गतेसम्म चैत्राष्टमी मेलाको आयोजना गरिएको र अहिले यसको तयारीले तीव्रता पाएको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए। 
      
यही चैत दोस्रो सातादेखि बागलुङका अधिकांश ठूला होटलहरू भरिभराउ भएको होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष तथा बागलुङ पर्यटन विकास समितिका सचिव अर्जुन चोखालले जानकारी दिए। ‘पहिला नेपाली र भारतीय पर्यटकको रोजाइ बनेको मुक्तिनाथ मन्दिर सोझै गएर फर्कने चलन थियो, तर पछिल्ला वर्षमा मुक्तिनाथ पुगेका पर्यटकहरू बागलुङ कालिका र पञ्चकोटमा समेत आएको पाइयो, पञ्चकोट र कालिका मन्दिर दर्शनले गर्दा दर्शनार्थीको भ्रमण समय लम्बिएको छ,’ चोखालले भने, ‘बागलुङका ठूला होटलहरू पर्यटकले भरिभराउ भएका छन् यो बागलुङको पर्यटन व्यवसायीहरूका लागि सुखद कुरा हो, बागलुङमा थप ठूला तारे होटलहरूको समेत आवश्यकता खड्किएको छ ।’ चोखालका अनुसार बागलुङ आउने भारतीय र नेपाली पर्यटक मध्य अधिकांश धार्मिक पर्यटक आएको बताए। 
 
पर्यटकीय क्षेत्रका रूपमा एकदमै अगाडि बढेको बागलुङमा बिस्तारै पर्यटकीय गतिविधि बढ्दै गएकाले यहाँका नागरिकहरूको आर्थिक सबलीकरणमा समेत उल्लेख्य सुधार हुन थालेको छ । धार्मिक पर्यटकहरू मात्र नभएर अध्ययन अवलोकन भ्रमणको समेत गन्तव्य बन्दै आएको छ बागलुङ । अहिले विभिन्न पर्यटकीयस्थलको प्रचारप्रसार तथा प्रवद्र्धनका कारण जिल्लामा पर्यटकहरू बढ्दै गएको पाइएको छ । अहिले होटलमा पाहुनाको व्यवस्थापन गर्न हम्मे हम्मे पर्दै आएको बागलुङका सफल पर्यटन व्यवसायी एन्जिल शाक्यले बताए। उनले पाहुनाको मागअनुसार आफूले होटलको सुविधा थप्दै आएको बताए।र 

प्रकाशित मिति: १२:३० बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्