Kathmandu Press

नेपालको अविजित यात्रामा पुर्णबिराम, आयरल्याण्डसँग १३ रनले हार्यो

काठमाडौं, असोज २२ : ओमनमा भैरहेको पाँच देशको टी–२० क्रिकेट श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपाल आयरल्याण्डसँग १३ रनले हरेको छ। आयरल्याण्डलाई १४५ ....

नेपालको अविजित यात्रामा पुर्णबिराम, आयरल्याण्डसँग १३ रनले हार्यो
फाइल फोटो

काठमाडौं, असोज २२ : ओमनमा भैरहेको पाँच देशको टी–२० क्रिकेट श्रृंखलाको आफ्नो तेस्रो खेलमा नेपाल आयरल्याण्डसँग १३ रनले हरेको छ। आयरल्याण्डलाई १४५ रन मै समेट्न बलरहरु सफल रहे पनि नेपाली ब्याट्समेनहरुले भने सो रन संख्यालाई उछिन्न असफल रहे। जवाफी ब्याटिंगमा उत्रेको नेपाल १३२ रन मै अलआउट हुन पुग्यो।

नेपालको जवाफी इनिंसमा इशान पाण्डे, कप्तान पारस खड्का, अरिफ शेइख र दिपेन्द्र सिंह एरिले क्रमश: २२, २५, २६ र १९ रनको पारी खेलेका थिए भने अन्तिम विकेट बाँकि हुँदा मैदान छिरेका अलराउण्डर करण केसीले १६ रन बनाए।     

Hardik ivf

टस जितेर पहिलो ब्याटिङ गरेको आयरल्याण्डले ८ विकेटको क्षतिमा १४५ रन बनाएको थियो।

नेपालका लागि सन्दीप लामिछाने र अभिनाश बोहोराले दुई-दुई विकेट लिए भने ललित नारायण राजवंशी र करण केसीले १-१ विकेट लिए।   

यसअघि, सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित गरेको थियो भने पहिलो खेलमा हङकङलाई हराएको थियो।

प्रकाशित मिति: १४:३८ बजे, बुधबार, असोज २२, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्