Kathmandu Press

मजदुर आन्दोलनले कञ्चनपुर–कमला सडक निर्माण अवरुद्ध

राजविराज, चैत २२ : मजदुर आन्दोलनमा उत्रिएपछि कञ्चनपुर–कमला चार लेन सडक योजनाको निर्माण ठप्प भएको छ।चाइना रेल्वे इञ्जीनिरिङ दुई कम्पनी चाँदनी चोकले माग...
मजदुर आन्दोलनले कञ्चनपुर–कमला सडक निर्माण अवरुद्ध

राजविराज, चैत २२ : मजदुर आन्दोलनमा उत्रिएपछि कञ्चनपुर–कमला चार लेन सडक योजनाको निर्माण ठप्प भएको छ।

चाइना रेल्वे इञ्जीनिरिङ दुई कम्पनी चाँदनी चोकले माग सम्बोधनप्रति उदासिनता देखाएको भन्दै कार्यरत मजदुर कामकाज छाडेर आन्दोलनमा उत्रिएका हुन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माण भइरहेको चार लेन सडक योजनाको निर्माण ठप्प गरिएको छ।

Hardik ivf

मजदुरको ज्याला वृद्धि गर्नुपर्ने, स्वास्थ्योपचारका व्यवस्था मिलाउनुपर्ने, सुरक्षाको ग्यारेन्टी हुने औजार–उपकरण उपलब्ध गराउनुपर्ने, बास स्थानको उचित व्यवस्था गर्नुपर्नेलगायत माग राखी पटक–पटक कम्पनीको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि उनीहरू कामकाज छाडेर आन्दोलन उत्रिएका छन्।

मजदुर आन्दोलनका कारण सडक योजनाका लागि सञ्चालनमा रहेका सवारी साधानसमेत कम्पनीभित्र थन्किएका छन्। मजदुरले काम बहिष्कार गरी आन्दोलन सुरु गरेपछि सडक योजनाको कार्य दिनभरि ठप्प रहेको थियो।

उनीहरूले कम्पनीमा कार्यरत इञ्जीनियरलाई मासिक ५० देखि ५५ हजार तलब दिनुपर्ने, सुपरभाइजरले दैनिक एक हजार ३०० देखि एक हजार ५०० ज्याला पाउनुपर्ने, कुनै पनि विधाका फूलमिस्त्रीलाई दैनिक एक हजार १५० देखि एक हजार २५० ज्याला दिनुपर्ने, मिस्त्रीका लागि ८५० देखि ९५० सम्म ज्याला दिनुपर्ने माग राखेका छन्।

त्यस्तै, मजदुरको हकमा ७५० देखि ८५० सम्म दैनिक ज्याला दिनुपर्ने विभिन्न सवारीमा कार्यरत चालकलाई मासिक ४५ हजारदेखि ५० हजारसम्म तलब उपलब्ध गराउनुपर्ने, अपरेटरहरूको ४० देखि ४५ हजार मासिक तलब बनाउनुपर्ने, विद्युतीकरण गर्ने कामदारहरुको लागि दैनिक एक हजार १५० देखि एक हजार २५० हाजिर ज्याला दिनुपर्ने माग गरेका छन्।

चाइनिज रेल्वे इञ्जीनियरिङ दुई कम्पनीमा कार्यरत मजदुरले यसअघि समेत सोही माग राखेर पटक–पटक आन्दोलन गर्दै आएका थिए। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला चार लेन सडक योजनाको निर्माण ६ महिना अगाडिबाट दु्रतगतिमा भइरहेको छ। (रासस)

प्रकाशित मिति: ०८:४६ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्