Kathmandu Press

सल्यानमा जिप दुर्घटना, एकको मृत्यु

सल्यान, चैत २२: सल्यानमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।सल्यानको शारदा नगरपालिका १...
सल्यानमा जिप दुर्घटना, एकको मृत्यु

सल्यान, चैत २२: सल्यानमा आज बिहान जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

सल्यानको शारदा नगरपालिका १ दारिमचौरका जिप दुर्घटना हुँदा १७ वर्षीय नारायण वलीको मृत्यु भएको प्रहरीले जनाएको छ। दारिमचौरबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जिप घुम्तीमा दुर्घटना भएको हो।

Hardik ivf

दुर्घटनामा गम्भीर घाइते भएका नारायणको उपचारका क्रममा श्रीनगरस्थित अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा जिप चालक २१ वर्षीय थलराज वली घाइते भएका छन्।

 

प्रकाशित मिति: ०८:०६ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्