Kathmandu Press

कस्तो छ आगामी तीन दिनको मौसम?

काठमाडौं, चैत २२ : न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण देशका केही भूभागमा मौसम बदली रहने भएको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार...
कस्तो छ आगामी तीन दिनको मौसम?

काठमाडौं, चैत २२ : न्यून चापीय प्रणालीको सामान्य प्रभावका कारण देशका केही भूभागमा मौसम बदली रहने भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भूभागका थोरै स्थानमा र बागमती तथा गण्डकी प्रदेशको पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

Hardik ivf

त्यस्तै, आज राति प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

बिहीबार पनि प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दूई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०७:०७ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्