Kathmandu Press

पशुपति धर्मशालासम्बन्धी मुद्दामा चैत २७ गते सुनुवाइ

काठमाडौं, चैत २२ : पशुपतिस्थित नेपाल–भारतमैत्री पशुपति धर्मशालासम्बन्धी मुद्दामा चैत २७ गते सुनुवाइ तोकिएको छ।उच्च अदालत पाटनमा सोमबार तोकिएको विषयमा कानून व्यवसायीले प्रश्न...
पशुपति धर्मशालासम्बन्धी मुद्दामा चैत २७ गते सुनुवाइ

काठमाडौं, चैत २२ : पशुपतिस्थित नेपाल–भारतमैत्री पशुपति धर्मशालासम्बन्धी मुद्दामा चैत २७ गते सुनुवाइ तोकिएको छ।

उच्च अदालत पाटनमा सोमबार तोकिएको विषयमा कानून व्यवसायीले प्रश्न उठाएपछि अर्को पेशी तोकिएको हो। होटल आनन्द प्रालि (बतास समूह) का तर्फबाट राखिएका कानून व्यवसायीले इजलासका विषयमा प्रश्न गरेका थिए।

यसअघि अन्तरिम आदेश नदिने उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्रबहादुर बमकै बेन्चमा पेसी परेकाले मुद्दा हेर्न नमिल्ने जिकिर गरेका थिए। त्यसपछि पेशी सरेको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीले बताए।

बतास समूहअन्तर्गत रहेको होटल आनन्द प्रालिले पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौताअनुसार नेपाल–भारतमैत्री धर्मशालाको सम्झौतामा उल्लेख गरिएका विभिन्न शर्तअनुसार काम नगरेको भन्दै विकास कोषले सम्झौता खारेज गरेको थियो।

बतास समूहले सम्झौता रद्द भएको पत्र बुझ्न नमाने पनि पशुपति क्षेत्र विकास कोषले उक्त समूहको आधिकारिक इमेलमा पत्र पठाएको थियो। त्यसका विरुद्ध बतास समूहले उच्च अदालतमा रिट दायर गरेको थियो।

 

प्रकाशित मिति: ०६:५४ बजे, मंगलबार, चैत २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्