Kathmandu Press

तेस्रो चरणको हाइड्रो एक्स्पो सम्पन्न, विद्युत निर्यातको अनुमति निजी क्षेत्रलाई दिन इपानको माग

काठमाडौं, चैत २१ : राजधानीको भृकुटीमण्डपमा जारी तेस्रोे संस्करणको हिमालयन हाइड्रो एक्स्पो भव्य रुपमा सम्पन्न भएको छ । चैत्र १९ गते शनिबारदेखि सुरु भएको...
तेस्रो चरणको हाइड्रो एक्स्पो सम्पन्न, विद्युत निर्यातको अनुमति निजी क्षेत्रलाई दिन इपानको माग

काठमाडौं, चैत २१ : राजधानीको भृकुटीमण्डपमा जारी तेस्रोे संस्करणको हिमालयन हाइड्रो एक्स्पो भव्य रुपमा सम्पन्न भएको छ । चैत्र १९ गते शनिबारदेखि सुरु भएको एक्स्पो २१ गते सोमबार सम्पन्न भएको हो । एक्स्पोले मुलुकको उर्जाक्षेत्रको विकास तथा विस्तारका लागि थप उर्जा प्रदान गरेको विश्वास आयोजकले लिएको छ । 

एक्स्पोको समापन शत्रमा आयोजक मध्येको एक स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान) ले स्वदेशमा उत्पादित विद्युतको बिक्री बितरण तथा निर्यातको काम निजी क्षेत्रलाई दिन माग गरेको छ । इपान अध्यक्ष कृष्णप्रसाद आचार्यले उर्जामन्त्री पम्फा भुसाललाई विद्युत खरिद बिक्री सम्झौता नरोक्न आग्रह गरे । विद्युत खरिद बिक्रीको काम सरकार तथा विद्युत प्राधिकरणले गर्न नसक्ने भए निजी क्षेत्रलाई नै खरिद बिक्रीको काम गर्ने बाटो खुलाईदिन आचार्यले माग गरे । 

Hardik ivf

“हामीले विद्युत व्यापार गर्ने इजाजत पाएको खण्डमा हामी आफै पिपिए गर्छौ । यसो भएको खण्डमा विद्युत प्राधिकरणको आधा भन्दा धेरै समस्या समाधान हुन्छ ।” आचार्यले भने । साथै उनले जलविद्युतका प्रवद्र्धक तथा उत्पादकहरुले काम गर्दा धेरै निकाय धाउनु पर्ने समस्या रहेकोतर्फ उर्जामन्त्री भुषालको ध्यानाकर्षण गराएका थिए ।

इपान र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिलको संयुक्त आयोजनामा एक्स्पोमा विशेष गरी जलविद्युतसँग सम्बन्धित प्रविधि तथा पछिल्ला उत्पादनहरु प्रदर्शनीमा राखिएका थिए । जलविद्युतसँग सरोकार राख्ने तथा दैनिक प्रयोगका विद्यतीय सामग्री खरिद गर्नेहरुको एक्स्पोमा उत्साहजन सहभागिता रहेको थियो । साथै भर्चुअल माध्यमबाट एक्स्पोको अवलोकन गर्ने तथा विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउनेहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो । 

रोबो कम्पिटिशन, जलविद्युतसँग सम्बन्धित प्रतियोगितात्मक प्रदर्शनी एक्स्पोका थप आर्कषण रहेका थिए । त्यस्तै, एक्स्पोमा जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथा वीमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहेको थियो । एक्स्पोले नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपतमा वृद्धि गर्न र विदेशमा निर्यात गर्न बजारीकरणको ज्ञान र सूचना प्राप्त हुने अपेक्षा लिइएको छ । 

एक्स्पो अवधिभर प्रत्येक दिन हाइड्रो पावरसम्बन्धी विषयगत ६ वटाभन्दा बढी प्राविधिक सेसन तथा अन्तरक्रिया समेत सञ्चालन गरिएको थियो ।विद्युत उत्पादक तथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगत प्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबो हाइड्रो प्रतिष्पर्धा र जलविद्युत क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनी एक्स्पोका मुख्य विधागत क्षेत्र रहेका थिए । 

एक्स्पोको उदघाटनको दिन विद्युतको आन्तरिक बजारलाई प्रवद्र्धन गर्न र विद्युतीय सवारीसाधन सम्बन्धी सरकारको विशेष नीतिका लागि ध्यानाकर्षण गराउनका लागि विद्युतिय याली आयोजना गरिएको थियो । एक्सपोलाई एनएमबि बैंक लिमिटेडले मुख्य प्रायोजन गरेको थियो भने आईएफसी लगायतका संघ, संस्थाहरुले प्रायोजन गरेका थिए । एक्स्पोमा नेपालस्थित भारतीय राजदूतावासको समन्वय तथा बेलायती राजदूतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहेका थिए ।

एक्स्पोमा जलविद्युत आयोजना निर्माता, जलविद्युतमा प्रयोग हुने उपकरणहरुका उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता र बैंकरवित्त कम्पनीहरु लगायत सय वटाभन्दा बढी स्टल रहेका थिए । एक्स्पोमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत, ब्राजिल लगायत मुलुकका कम्पनी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति: १९:३७ बजे, सोमबार, चैत २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्