दीपेन्द्र बने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी
काठमाडाैं, चैत २१ : नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी त्रिकोणात्मक टी-२०को सर्वोत्कृष्ट खेलाडी बनेका छन्।अपराजित रहँदै नेपाललाई उपाधि दिलाउन दीपेन्द्रले बल र...
काठमाडाैं, चैत २१ : नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी त्रिकोणात्मक टी-२०को सर्वोत्कृष्ट खेलाडी बनेका छन्।
अपराजित रहँदै नेपाललाई उपाधि दिलाउन दीपेन्द्रले बल र ब्याट दुवैमा उत्कृष्ट प्रदर्शन गरेका थिए। दीपेन्द्रले सिरिजका ५ खेलमा १ शतक र २ अर्धशतक मद्दतमा कुल २५५ रन बनाएका छ।
जसमा १४९ बलमा १९ चौका ११ छक्का प्रहार गरेका थिए। यस्तै, बलिङमा उनले ७ विकेट लिए। यसैगरी नेपलाकै करण केसी प्रतियोगिताका उत्कृष्ट बलर बने।
उनले ५ खेलमा सर्वाधिक १३ विकेट लिएका थिए। यस्तै, प्रतियोगितामा २ अर्धशतकसहित कुल १९० रन बनाएका पपुवा न्युगिनीका टोनी उरा भए।
प्रकाशित मिति: १६:३१ बजे, सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











