Kathmandu Press

बसको ठक्करबाट कञ्चनपुरमा महिलाको मृत्यु

बसको ठक्करबाट कञ्चनपुरमा महिलाको मृत्यु
Hardik ivf

कञ्चनपुर, चैत २१ : भीमदत्त नगरपालिका-५ शान्ति निकेतन चोकमा आज बसले आज ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

ना४ख ४४६६ नंको बसले ठक्कर दिँदा मञ्जु बुडालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार बजारबाट सामान खरिद गरी बुडालले सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको हो। 

मृतक महिला ब्रह्मदेव प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक देवसिंह बुडालकी श्रीमती भएको बताइएको छ। ठक्कर दिने बसका चालक फरार रहेका छन्। प्रहरीले चालकको खोजी गरिरहेको छ। 

प्रकाशित मिति: १५:०१ बजे, सोमबार, चैत २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्