Kathmandu Press

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, चैत २१ : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी तारकेश्वर नगरपालिका-५ बस्ने इलाम सन्दकपुर ठेगाना भएका ४२ वर्षीय डाकमान गुरूङलाई प्रहरीले पक्राउ गरेको...
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं, चैत २१ : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी तारकेश्वर नगरपालिका-५ बस्ने इलाम सन्दकपुर ठेगाना भएका ४२ वर्षीय डाकमान गुरूङलाई प्रहरीले पक्राउ गरेको छ। 

उक्त मुद्दामा उच्च अदालत पाटनको गत फागुन २९ गतेको फैसलाले ३ दिन कैद र १५ लाख रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं बौद्धबाट पक्राउ गरेको हो।

डाकमानले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी प्रभु बैंक लिमिटेड सिनामंगल काठमाडौंमा रहेको निजको खाताबाट रकम भुक्तानी हुने भनी चेक दिएको ठहर गरी अदालतले उक्त फैसला गरेको हो। 

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरीले जनाएकाे छ। 

प्रकाशित मिति: १४:४८ बजे, सोमबार, चैत २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्