Kathmandu Press

अनलाइन बिंगाे खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडाैं, चैत २१ : नेपाल प्रहरीले अनलाइन बिङ्गो खेल्ने १६ जनालाई पक्राउ गरेको छ।महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–६ प्लटिङस्थित एक...
अनलाइन बिंगाे खेलिरहेको अवस्थामा १६ जना पक्राउ

काठमाडाैं, चैत २१ : नेपाल प्रहरीले अनलाइन बिङ्गो खेल्ने १६ जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–६ प्लटिङस्थित एक खाजा घरमा अनलाइन बिङ्गो खेल्ने सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ शिवचोक बस्ने २५ वर्षीय पासाङ शेर्पालगायत १६ जनालाई आइतबार साँझ पक्राउ गरी आज सार्वजनिक गरेको हो।

Hardik ivf

उक्त खाजा घरमा अनलाइन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले उनीहरुलाई रु ७४ हजार १५० सहित पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरुसँग प्रहरीले एक हजार ५०० थान बिङ्गो टिकट र दुई थान स्पिकरसमेत बरामद गरेको छ। घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १४:४२ बजे, सोमबार, चैत २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्