भाेलि श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दै मछिन्द्र
काठमाडाैं, चैत २१ : एएफसी कप छनोट-२०२२ को प्ले अफअन्तर्गत मछिन्द्र फुटबल क्लबले भाेलि (मंगलबार) श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ।'ए' डिभिजन लिग च्याम्पियन...
काठमाडाैं, चैत २१ : एएफसी कप छनोट-२०२२ को प्ले अफअन्तर्गत मछिन्द्र फुटबल क्लबले भाेलि (मंगलबार) श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ।
'ए' डिभिजन लिग च्याम्पियन मछिन्द्रले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ब्लु स्टारसँग खेल्नेछ। मछिन्द्र आफ्नो पहिलो सहभागितामै समूह चरणसम्म पुग्ने योजनामा रहेको छ।
मछिन्द्रले त्यहिँ अनुसार तयारी गरिरहेको मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटुवालले बताए। प्रशिक्षक कटवालले विपक्षी टोली राम्रो रहेको र आफ्नो टोलीका परिवर्तन नभएको समेत बताए।
त्यस्तै मछिन्द्रका कप्तान सुजल श्रेष्ठले टोलीको लक्ष्य दोस्रो चरण भन्दा माथि पुग्ने रहेको बताए। अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोटको मौका गुमाएको थियो।
मछिन्द्रको स्थानमा त्रिभुवन आर्मी क्लबले खेलेको थियो । यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ। जुन खेल अप्रिल १२ मा हुनेछ।











