Kathmandu Press

दीपेन्द्र बने टी–२० मा हजार रन बनाउने पहिलाे नेपाली क्रिकेटर

नेपाली टिमक सबैभन्दा उत्कृष्ट फर्ममा रहेका दीपेन्द्रले ४० खेलमा १ शतक र ४ अर्धशतक प्रहार गर्दै साे उपलब्धि हासिल गरेका हुन्।
दीपेन्द्र बने टी–२० मा हजार रन बनाउने पहिलाे नेपाली क्रिकेटर

काठमाडाैं, चैत २१ : नेपाली ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले नयाँ कीर्तिमान आफ्ना नाममा लेखाएका छन्। 

टियु मैदानमा जारी टी-२० सिरिजको फाइलनमा पपुवा न्युगिनीविरुद्ध २१ रन बनाएसँगै दीपेन्द्र नेपालका लागि टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन बनाउने पहिलो खेलाडी बनेका हुन्। 

नेपाली टिमक सबैभन्दा उत्कृष्ट फर्ममा रहेका दीपेन्द्रले ४० खेलमा १ शतक र ४ अर्धशतक प्रहार गर्दै साे उपलब्धि हासिल गरेका हुन्। 

नेपालका लागि सर्वाधिक टी-२० अन्तर्राष्ट्रिय रन बनाएका दीपेन्द्रले उनले यही सिरिजमा पूर्वकप्तान पारस खड्काको नामम रहेको ७९९ रनको कीर्तिमान तोडेका थिए। 

अघिल्लो साता पपुवा न्युगिनीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका दीपेन्द्रले जारी सिरिजमा लिगको अन्तिम खेलमा मलेसियालविरुद्ध अविजित ११० रन प्रहार गर्दै नेपालका लागि दुवै फर्म्याटमा शतक प्रहार गर्ने पारसपछि दोस्रो खेलाडी बनेका थिए।

दीपेन्द्रको यो इनिङ टि–२०मा नेपालका लागि कुनै पनि खेलाडीले बनाएको उत्कृष्ट इनिङ हो।
 

प्रकाशित मिति: १३:४१ बजे, सोमबार, चैत २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्