नेपालको नेदरल्याण्ड्सबिरुद्ध शानदार जीत, करण केसीको उत्कृष्ट प्रदर्शन
काठमाडौं, असोज २० : ओमनमा भैरहेको पाँच देशको टी–२० क्रिकेट श्रृंखलाको आफ्नो दोस्रो खेलमा आज नेपालले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित गरेको छ । ....
काठमाडौं, असोज २० : ओमनमा भैरहेको पाँच देशको टी–२० क्रिकेट श्रृंखलाको आफ्नो दोस्रो खेलमा आज नेपालले नेदरल्याण्ड्सलाई ४ विकेटले पराजित गरेको छ । नेपालको जीतमा अलराउण्डर करण केसीको उत्कृष्ट अलराउण्ड प्रदर्शन रह्यो ।
आइतबार हङकङलाई हराएको नेपालले आज नेदरल्याण्ड्सले दिएको १३४ रनको लक्ष्य करण केसीले १४ बलमा बनाएको ३१ रन मद्दतले भेट्टाउन सफल रह्यो । बलियो टोली नेदरल्याण्ड्सलाई पराजित गर्नु नेपालको राम्रै सफलता हो । यसअघि, नेदरल्याड्सलाई सस्तैमा समेट्ने क्रममा करण र सन्दिप लामिछानेले ४/४ विकेट लिएका थिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनाएको थियो भने नेपालले एक बल बाँकी छँदा छ विकेट गुमाएर सो लक्ष भेट्टाएको हो ।
यसअघि, आइतबार भएको खेलमा नेपालले हङकङलाई हराउँदै पाँच देशको टी-२० श्रृंखलामा सुखद सुरुवात गरेको थियो ।
आइतबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ४ विकेटले हराएको थियो । हङकङले दिएको १२६ रनको लक्ष्य नेपालले १९ ओभर खेल्दै ६ विकेट क्षतिमा भेट्टाएको थियो ।






