Kathmandu Press

पपुवा न्युगिनीविरुद्ध ब्याटिङमा नेपाल

काठमाडाैं, चैत २१ : त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनीविरद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ।त्रिवि क्रिकेट मैदानमा टस जितेर पपुवा न्युगिनी फिल्डिङ...
पपुवा न्युगिनीविरुद्ध ब्याटिङमा नेपाल

काठमाडाैं, चैत २१ : त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनीविरद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पपुवा न्युगिनी फिल्डिङ रोजेपछि नेपालले पहिला ब्याटिङ गर्ने भएको हो। शनिबार मलेसियाविरुद्ध खेलको नेपाली टिममा एक खेलाडी परिवर्तन गरिएको छ।

प्रशिक्षक पुबुदु दासानायकेले घाइते कमलसिंह ऐरीको स्थानमा सोमपाल कामी टोलीमा राखेका छन्। नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो भने पपुवा न्युगिनी ४ मध्ये १ खेल मात्र जित्दै रनरेटमा मलेसियालाई पछि पार्दै फाइलन पुगेको हो।

काेकाे छन् नेपाली टिममा?

सन्दीप लामिछानने, कुशल भुर्तेल, आसिफ सेख, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, आरिफ सेख, आदिल अन्सारी, सोमपाल कामी, करण केसी, दिलिप नाथ, अविनाश बोहरा।

प्रकाशित मिति: १२:३४ बजे, सोमबार, चैत २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्