Kathmandu Press

निर्वाचनको मिति नजिकिँदै गर्दा धनकुटामा दलहरुको सक्रियता बढ्यो

निर्वाचनको मिति नजिकिँदै गर्दा धनकुटामा दलहरुको सक्रियता बढ्यो

धनकुटा, चैत २१ : स्थानीय तह निर्वाचन नजिकिएसँगै यहाँ क्रियाशील राजनीतिक पार्टीले आफ्ना गतिविधिलाई तीव्रता दिएका छन्।

चुनावमा आफ्नो पक्षमा मत परिणाम पार्ने होडबाजीमा राजनीतिक पार्टीहरुले आआफ्नो सक्रियता बढाएका हुन्। एमालेको पकड रहेको धनकुटामा सरकार सम्बद्ध दल गठबन्धन गरेरै भए पनि एमालेलाई पराजित गर्दै गठबन्धनका उम्मेदवारलाई विजयी गराउने दाउमा छन्। एमालेले आफ्नो विरासत जोगाउन निकै सक्रियता बढाइरहेको छ।

Hardik ivf

तीन नगरपालिका र चार गाउँपालिका रहेको धनकुटामा गएको निर्वाचनमा ६० मध्ये ४३ वडासहित सबै पालिका तहमा एमालेले विजयी हासिल गरेको थियो। राजनीतिक दलले केन्द्रीय स्तरका प्रभावशाली नेता जिल्लस्तरीय कार्यक्रममा निमन्त्रणा गराएर जनतालाई आफ्नो प्रभावमा राख्ने अधिकतम प्रयास गरिरहेका छन्। यस पटकको निर्वाचनमा गठबन्धन गरेरै भए पनि आफ्ना उम्मेदवारलाई विजयी गराउने नेपाली कांग्रेसका सभापति दिनेश राईले बताP। 

सत्तारुढ दलले गठबन्धन गरेरै भए पनि एमालेले धनकुटाका ६० मध्ये ५२ वडामा र सातवटै तहमा विजयी हासिल गर्ने एमालेका जिल्ला अध्यक्ष इन्द्रमणि पराजुलीले जिकिर गरे। गएको निर्वाचनमा झरेको मत परिणामलाई हेर्दा सरकार सम्बद्ध दलबीच गठबन्धन हुँदा एमालेभन्दा गठबन्धन निकै मतले अगाडि रहेकाले पनि गठबन्धन दलका उम्मेदवार विजयी हुने माओवादी केन्द्रका नेता ऋषिराम ढुंगानाले बताए।

प्रकाशित मिति: १२:२७ बजे, सोमबार, चैत २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्