Kathmandu Press

भन्सार एजेन्टको परीक्षा अर्को महिना

काठमाडौं, चैत २१ : अदालतमा मुद्दा परेपछि रोकिएको भन्सार एजेन्टको लिखित परीक्षा अर्को महिना हुने भएको छ।भन्सार एजेन्ट भर्ना विरुद्ध उच्च अदालत पाटनमा...
भन्सार एजेन्टको परीक्षा अर्को महिना

काठमाडौं, चैत २१ : अदालतमा मुद्दा परेपछि रोकिएको भन्सार एजेन्टको लिखित परीक्षा अर्को महिना हुने भएको छ।

भन्सार एजेन्ट भर्ना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा परेको थियो। उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै परीक्षा रोक्न आदेश दिएको थियो। जसले गर्दा यसअघि तोकिएको परीक्षा स्थगित भएको छ।

उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश खारेज गरेपछि परीक्षा हुन लागेको हो। आगामी वैशाख १७ गते दिउसो २ बजे परीक्षा हुने भन्सार विभागले जनाएको छ। परीक्षा केन्द्र भने पछि तोकिने भएको छ।

प्रकाशित मिति: ०८:१७ बजे, सोमबार, चैत २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्