Kathmandu Press

जिल्ला र उच्च अदालतबाट अनलाइन तारिख लिन पाइने

काठमाडाैं, चैत २० : विशेष अदालतमा विचाराधीन मुद्दाका पक्षले जिल्ला र उच्च अदालतबाट अनलाइन तारेख लिन पाउने भएका छन्। विशेष अदालतको पूर्ण बैठकबाट...
जिल्ला र उच्च अदालतबाट अनलाइन तारिख लिन पाइने

काठमाडाैं, चैत २० : विशेष अदालतमा विचाराधीन मुद्दाका पक्षले जिल्ला र उच्च अदालतबाट अनलाइन तारेख लिन पाउने भएका छन्। विशेष अदालतको पूर्ण बैठकबाट सूचना प्रविधिको प्रयोग (अनलाइन)बाट तारिख लिनेसम्बन्धी निर्देशिका, २०७२ पारित भएपछि उक्त व्यवस्था लागू हुने भएको हो।

अदालतका प्रवक्ता दीपेन्द्रनाथ अधिकारीका अनुसार जिल्लामा रहेका सेवाग्राहीलाई अदालतसम्म आउन नपर्ने गरी सहजरूपमा तारिख लिन सो सुविधाको व्यवस्था गरिएको हो।

Hardik ivf

उक्त व्यवस्था आगामी वैशाख १ गतेदेखि लागू हुनेछ। अदालतले अनलाइन तारिख लिनका लागि शाखा अधिकृत भूपेन्द्र उपाध्याय, शाखा अधिकृत यज्ञराज रेग्मी र प्राविधिक टामलाल भुसाललाई तोकेको छ।

सर्वोच्च अदालतबाट अनलाइन तारिखको सुविधा उपलब्ध गराउनका लागि आवश्यक व्यवस्था, सहयोग तथा सहजीकरण गर्न यही चैत १७ चैत गते आदेश भएको थियो। त्यस्तै अनलाइनबाट तारिख लिनका लागि विशेष अदालतले निर्देशिकाको अनुसूची २ बमोजिम फारामको ढाँचासमेत बनाइसकेको छ।

प्रकाशित मिति: २०:५३ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्