भूकम्पले क्षति भएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न
काठमाडौं, चैत २० : बिनासकारी भूकम्पका कारण पूर्णरुपमा क्षति भएको काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।पुननिर्माण सम्पन्न भएको काष्ठमण्डपको सोमबार राष्ट्रपति विद्यादेवी...
काठमाडौं, चैत २० : बिनासकारी भूकम्पका कारण पूर्णरुपमा क्षति भएको काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।
पुननिर्माण सम्पन्न भएको काष्ठमण्डपको सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए । बिनासकारी भूकम्पले ध्वस्त ऐतिहासिक सम्पदा २०७५ साल वैशाख १८ समिति गठन पुन निर्माण सुरु भएको थियो ।
काष्ठमण्डप पुननिर्माण गर्न करिब ८ हजार क्युफिट नया र काष्ठमण्डप निर्माण गर्दा प्रयोग गरिएका पुरानो करिब ४ हजार ९ सय क्युफिट काठ प्रयोग भएको शाक्यले बताए ।
सोमबार उद्घाटन भएसंगै सर्वसाधारणका लागि पनि खुल्ला गर्ने समितिका अध्यक्ष शाक्यले जानकारी दिए ।
प्रकाशित मिति: २०:४६ बजे, आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












