जलविद्युत विकासमा राष्ट्र बैंक सधैं सहयोगी : बम बहादुर मिश्र
काठमाडौं, चैत २० : नेपाल राष्ट्र बैंकका डेप्यु्टी गभर्नर बम बहादुर मिश्रले जलविद्युत् आयोजना विकासका लागि बैंक तथा वित्तीय सँस्था सधै तयार रहेको...
काठमाडौं, चैत २० : नेपाल राष्ट्र बैंकका डेप्यु्टी गभर्नर बम बहादुर मिश्रले जलविद्युत् आयोजना विकासका लागि बैंक तथा वित्तीय सँस्था सधै तयार रहेको बताएका छन्।
हिमालयन हाईड्रो एक्सपोको दोस्रो दिनको छलफल सत्रलाई सम्बोधन गर्दै उनले जलविद्युत् आयोजनामा लगानी जुटाउन कुनै समस्या नरहेको बताएका हुन्।
उनले जलविद्यूत्को विकास तथा प्रवर्द्धनलाई राष्ट्र बैंकले उच्च महत्व दिँदै आएको बताउँदै आवश्यकता अनुसार आर्थिक स्रोतको सहज व्यवस्थापन हुने गरी मौद्रिक नीति तथा अन्य निर्देशनहरु ल्याउने गरेको बताए। उनले भने, ‘देशको मुहार फेर्ने र पेट्रोलियम प्रतिस्थापन गर्न खास आवश्यकता भनेकै जलविद्युत् हो भन्ने राष्ट्र बैंकले बुझेको छ, त्यहि अनुसार हामीले डाईनामिक पोलीसी ल्याउने गरेका छौं।’
उनले स्वदेशी बैंकहरुले जलविद्युत् क्षेत्रमा गर्ने लगानीको सिमा अझै नपुगको बताउँदै चाहिएका अवस्थामा त्यसलाई थप बढाएर जान सक्ने संकेत गरे। वैदेशिक लगानी भित्राउने प्रकृयालाई ५० प्रतिशत सहज बनाएको बताउँदै उनले अहिलेको तरलताको समस्या पनि जलविद्युत् सँग सम्बन्धीत कुनै पनि पक्षको आयातमा कुनै खाले अवरोध नराखिएको उनको भनाई थियो। ‘तरलता साईकल व्यवस्थापन गर्न खोज्दैछौं। टवाईन लगायत कुनै पनि उपकरण आयातमको एसलीमा वा अन्य कुनै अवरोध छ भने हामी रोक्दैनौ।’
कार्यक्रममा नबिल बैंकका डेप्युटी सिईओ मनोज ज्ञवालीले जलविद्युत् क्षेत्रमा खास भूमिकामा काम गर्न खोजेका लगानीकर्तालाई अझै पनि बैंकहरुले ढोका खुला राखेर स्वागत गर्ने बताए। ‘जलविद्युत् क्षेत्रमा अनिवार्य गर्नु पर्ने लगानी अझै १.५ प्रतिशतमै सिमित रहेको वाणिज्य बैंकले तपाईहरुलाई स्वागत गर्छन। १० प्रतिशतको सिमामा पुग्न अझै पनि १ खर्व ८१ अर्व रुपियाँ जलविद्युत क्षेत्रमा लगानी गर्नु पर्ने अवस्था छ,’ उनले भने।
बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) का उपाध्यक्ष भोजबहादुर शाहले कर्मचारी सञ्चयकोष, लगानीकोषजस्ता सरकारी स्वामित्वका ठूला डिपोजिटरले व्याजमा खेल्ने अवस्थाले जलविद्युत्जस्ता दिर्गकालीन लगानी क्षेत्रमा आक्रामक लागनी गर्न समस्या परेको बताएका थिए।
धितोपत्र बोर्डका प्रमुख कार्यकारी अधिकृत निरज गिरीले जलविद्यूत् विकासकर्ताले सस्थागत सुसासनलाई अझै राम्रो बनाउनु जान सुझाव दिएका थिए। ‘यो तपाईहरुको प्रतिष्ठा विस्तार र शेयर लगानीकर्ताले विश्वासको आधार विस्तार गर्न अपरिहार्य छ,’ उनले भने।
छलफलमा मर्चेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष मेख बहादुर थापाले जलविद्यूत् आयोजनामा दिगो लगानीको स्रोतका रुपमा डिबेन्चरमार्पmत ऋण जुटाउने विकल्प प्रयोग प्रभावकारी हुने सुझाव दिए। ‘ऋण लागानीमा किन बैंकमात्र कुर्ने अव पुँजीबजारलाई प्रयोग गर्न सकिन्छ। जलविद्यसत् आयोजनालाई खासमा डिबेन्चर चाइएको छ,’ उनले भने।
एक्स्पोको अन्तिम दिनको सेमिनारमा २ सेसन चल्नेछन्। पहिलो सत्रमा नेपालमा विद्युत् उत्पादन र उपभोगका विषयमा सरोकारवाला विज्ञले छलफल गर्नेछन्। सो सत्रमा विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह, नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीप कुमार थिके, प्राध्यापक अमृतमान नकर्मी, हाईड्रो सोलुसन्सका अध्यक्ष ज्ञानेन्द्रलाल प्रधान लगायत सहभागी हुनेछन।
अन्तिम सत्रमा जलविद्युत् क्षेत्रको नीतिगत विषयबस्तुमा छलफल गरिने छ। ऊर्जा जलश्रोत सिँचाईमन्त्री पम्फा भूषालको उपस्थितिमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेपाली काँग्रेसका महामन्त्री गगन थापा, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा.कृष्णप्रसाद ओली र उर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवाल लगायत सहभागी हुनेछन।












