Kathmandu Press

विपद् व्यवस्थापन आधारभूत तालिम समापन

काठमाडौं, चैत २०  : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित २५ औं समूहको विपद् व्यवस्थापन...
विपद् व्यवस्थापन आधारभूत तालिम समापन

काठमाडौं, चैत २०  : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित २५ औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम समापन भएको छ ।

उक्त तालिम समापनका अवसरमा आइतबार आयोजित कार्यक्रमबीच सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम लाल ज्ञवालीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरे ।

Hardik ivf

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक ज्ञवालीले विपद्को घडिमा नेपाल प्रहरीले सफलतापूर्वक गरेका उद्दार कार्यको चर्चा गर्दै दक्षता र क्षमतालाई सदुपयोग गरी थप उत्कृष्ट  काम गर्न तालिममा सिकेका कुराले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

तालिम संयोजक प्रहरी उपरीक्षक अरुण पौडेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै  जम्मा ४५ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक ४ जना, प्रहरी हवल्दार १ जना र प्रहरी जवान २६ जना गरी जम्मा ३२ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिए । 

प्रकाशित मिति: १९:०८ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्