Kathmandu Press

सुर्खेतमा आयोजित नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन–२०७८ सम्पन्न

काठमाडौं, चैत २० : सुर्खेतमा आयोजित नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन २०७८ सम्पन्न भएको छ । नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा नेपाली...
सुर्खेतमा आयोजित नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन–२०७८ सम्पन्न

काठमाडौं, चैत २० : सुर्खेतमा आयोजित नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन २०७८ सम्पन्न भएको छ । 

नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा नेपाली सेनाबाट निवृत्तिभरणमा रहेका भू.पू. सैनिक तथा तीनका एकल महिलाहरुको सहभागितामा सुर्खेतस्थित श्री पश्चिम कमाण्ड हेडक्वार्टर अन्तर्गत श्री नं. २ राजदल गणमा आयोजना भएको नेपाली सेना भूतपूर्व सैनिक सम्मेलन २०७८ कार्यक्रम मिति २०७८ चैत्र २० गते प्रधान सेनापति महारथी प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 

Hardik ivf

कल्याणकारी बोर्डका प्रमुख कार्यकारी अधिकृतबाट स्वागत मन्तव्य तथा प्रधान सेनापति महारथी प्रभुराम शर्माबाट दिप प्रज्वलन गरी समुद्‍घाटन भएको यस सम्मेलनमा सुर्खेत, दैलेख, जाजरकोट, जुम्ला, डोल्पा, मुगु, हुम्ला र कालिकोट जिल्लाहरुमा बसोबास गर्ने करीब २००० (दुई हजार) जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो ।

सम्मेलनमा स्वास्थ्य शिविरमा आँखा चेकजाँच गराउँने सहभागीहरुलाई आवश्यकता अनुसार निः शुल्क चश्मा समेत वितरण गरिएको थियो ।
 

प्रकाशित मिति: १९:०३ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्