Kathmandu Press

तस्बिरमा हिमालयन हाइड्रो एक्स्पो

एक्स्पोमा हाइड्रोपावर निर्माता, हाइड्रोपावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सल्ट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता, बैंक र वित्त कम्पनीले सयभन्दा बढी स्टल राखेका छन।
तस्बिरमा हिमालयन हाइड्रो एक्स्पो

काठमाडाैं, चैत २० : हिमालयन हाइड्रो एक्स्पोको तेस्रो संस्करण शनिबारदेखि काठमाडाैंकाे भृकुटिमण्डपमा सुरू भएकाे छ। स्वतन्त्र ऊर्जा उत्पादक संघ नेपाल (इप्पान) को आयोजनामा सुरू भएकाे एक्स्पाे साेमबारसम्म चल्नेछ।

एक्स्पोमा हाइड्रोपावर निर्माता, हाइड्रोपावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सल्ट्यान्ट, इन्स्योरेन्स कम्पनी, लगानीकर्ता, बैंक र वित्त कम्पनीले सयभन्दा बढी स्टल राखेका छन।

प्रदर्शनीमा चीन, भारत, क्यानडा, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्विडेन, बेलायत, ब्राजिललगायत देशका कम्पनी तथा सरोकारवालाहरूको सहभागिता रहेकाे छ।

प्रकाशित मिति: २०:५५ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्