Kathmandu Press

गेटा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन समिति गठन

कैलाली, चैत २० : कैलालीको धनगढीस्थित गेटा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउनका लागि गृह कार्य सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर...
गेटा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन समिति गठन
Hardik ivf

कैलाली, चैत २० : कैलालीको धनगढीस्थित गेटा विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउनका लागि गृह कार्य सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले अन्तर्राष्ट्रिय विमानस्थल बनाउन आवश्यक सल्लाह तथा सुझाव सङ्कलनका लागि समिति गठन गरेको छ।

मन्त्रालयका सह–सचिव एवं प्रवक्ता डा टोकराज पाण्डेको संयोजगत्वमा गठित पाँच सदस्यीय समितिमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल सदस्य सचिव तथा पर्यटन बोर्डका निर्देशक हिक्मतसिंह ऐर, नागरिक उड्डयन प्राधिकरणका इञ्जिनीयर निलविक्रम थापा र विशेषज्ञका तर्फबाट सुरेन्द्र बोहरा सदस्य रहेकाे मन्त्रालयले जनाएको छ। उक्त समितिले गेटा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन स्थलगत अध्ययन गर्ने तथा सो क्षेत्रका स्थानीयवासी, नागरिक समाजलगायतसँग छलफल र परामर्श गरी प्रतिवेदन बुझाउने निर्णय भएको संयोजक पाण्डेले जानकारी दिए।

अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सामाजिक, आर्थिक तथा प्राविधिक विषयमा विभिन्न निकाय, समाजसेवी तथा स्थानीयसँग छलफलगरी १५ दिन भित्र प्रतिवेदन पेश गर्नेछ। उक्त विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन एक अर्ब रूपैयाँ विनियोजन गरिएको छ।

प्रकाशित मिति: १८:२८ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्