Kathmandu Press

कर्णालीमा मिनीबस खस्दा सहचालक बेपत्ता

मान्म, चैत २० : कर्णाली नदीमा मिनीबस खस्दा एक जना बेपत्ता भएका छन्। कालीकोटको पचालझरना गाउँपालिका–८ मा पर्ने भुइँचेचाङ र खोली बजारबीचको भागमा...
कर्णालीमा मिनीबस खस्दा सहचालक बेपत्ता
Hardik ivf

मान्म, चैत २० : कर्णाली नदीमा मिनीबस खस्दा एक जना बेपत्ता भएका छन्। कालीकोटको पचालझरना गाउँपालिका–८ मा पर्ने भुइँचेचाङ र खोली बजारबीचको भागमा पर्ने कर्णाली नदीमा मिनीबस खसेको हो।

नरहरिनाथ गाउँपालिका–१ लालीघाट बजारबाट पलाँता गाउँपालिकाको थिर्पु जाँदै गरेको मिनिबस कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। आज दिउँसो २ः४० मा कर्णाली प्रदेश ००२ ख ०१६२ नम्बरको मिनीबस दुर्घटनामा परेको प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए। 'हाम्रोमा भएको इन्ट्रीअनुसार बसमा तीन जना मात्र देखिएको छ, त्यसमध्ये एक जना बेपत्ता हुनुहुन्छ।’ उनले भने, 'चालकको अवस्था बोल्न नसक्ने छ, महिलालाई सामान्य चोट लागेको छ।’

उनका अनुसार चालक कृष्णबहादुर शाही छन्। यात्रु महिला कालीकोटको पचाल झरना गाउँपालिका–८ की सलानी कार्की हुन्। बेपत्ता सहचालकको पहिचान खुलेको छैन।

प्रकाशित मिति: १८:२६ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्