Kathmandu Press

फाइनलमा उत्कृष्ट प्रदर्शन गरेर उपाधि हात पार्नेछाैं : कप्तान लामिछाने

फाइनलमा उत्कृष्ट प्रदर्शन गरेर उपाधि हात पार्नेछाैं : कप्तान लामिछाने

काठमाडाैं, चैत २० : त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि सोमबार (भाेलि) नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध खेल्दैछ।

फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने र उपाधि आफ्नो पक्षमा बनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बताएका छन्।

खेलकाे अघिल्लाे दिन आइतबारआयोजित पत्रकार सम्मेलनमा उनले कप्तान तथा खेलाडीको रुपमा आफ्नो लागि यो उपाधि निकै महत्वपूर्ण भएको बताए।

सिरिज जिताएर सबै समर्थकलाई खुसी बनाउने उनले बताए। फाइनल खेलमा कुनै पनि दबाब नभएको भन्दै उनले उपाधि जित्नका लागि सबै खेलाडीले आफूले शतप्रतिशत दिने दाबी गरे।  बलर कमल सिंह ऐरीको स्वास्थ्य अवस्था छिटै ठिक भएर टिममा फर्कने उनको विश्वास थियो।

त्यस्तै नेपाली टोलीका प्रशिक्षक पुबुदु दसानायकेले पछिल्लो समय नेपाली क्रिकेट धेरै राम्रो भएको र आगामी दिनमा उत्कृष्ट नतिजा आउने विश्वास व्यक्त गरे।

पत्रकार सम्मेलनमा पीएनजीका कप्तानले केही दबाब भए पनि आफूहरु सिरिजको उपाधि जित्नका लागि ध्यान केन्द्रित गर्ने बताए।

प्रकाशित मिति: १७:५० बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्