Kathmandu Press

२३ जनामा कोरोना संक्रमण पुष्टि, ६६ जना संक्रमणमुक्त

काठमाडौं, चैत २० : नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  देशभर गरिएको ५ हजार ८ सय ४७ पिसिआर परिक्षणका क्रममा २३...
२३ जनामा कोरोना संक्रमण पुष्टि, ६६ जना संक्रमणमुक्त
Hardik ivf

काठमाडौं, चैत २० : नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  

देशभर गरिएको ५ हजार ८ सय ४७ पिसिआर परिक्षणका क्रममा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै १ हजार ६२ एन्टीजेन परिक्षणका क्रममा भने कसैको पनि कोरोना पुष्टि नभएको मन्त्रालयले जानकारी दिएको छ। 

कोरोनाका कारण आइतबार पनि कसैको पनि मृत्यु भएको छैन । त्यस्तै थप ६६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ६ सय २५ जना निको भएका छन् । हाल नेपालमा ८ सय ९९ सक्रिय संक्रमित आइशोलेशनमा रहेका छन्। 

प्रकाशित मिति: १७:०८ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्