फुटबलः मध्यपुर र भगवती क्लबबीचको खेल बराबरी
काठमाडौं, चैत २० : शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएशन र भगवती क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन्।सातदोबाटोस्थित (एन्फा) अखिल नेपाल...
काठमाडौं, चैत २० : शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसिएशन र भगवती क्लबले बराबरी खेल्दै अङ्क बाँडेका छन्।
सातदोबाटोस्थित (एन्फा) अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आज भएको खेलमा मध्यपुर र भगवतीले गोलरहित बराबरी खेल खेलेका हुन्। खेलको विभिन्न समयमा पाएको अवसरलाई दुवै टोलीले सदुपयोग गर्न सकेनन्।
बराबरी खेलसँगै मध्यपुरले ११ खेलमा १४ अङ्क जोडेको छ भने समान खेल खेलेको भगवतीले १५ अङ्क जोडेको छ। लिगमा विभिन्न १४ क्लबको सहभागिता रहेकामा शीर्ष दुई टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछन् । यस्तै पुछारका दुई टोली रेलिगेशनमा पर्दै ‘सी’ डिभिजनमा झर्नेछन्।
प्रकाशित मिति: १४:४७ बजे, आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











