Kathmandu Press

रेडियो अन्नपूर्णद्वारा रक्तदान कार्यक्रम सम्पन्न

पोखरा, चैत २० : शान्ति र विकासका लागि सञ्चार भन्ने मूलनाराका साथ पोखरामा सञ्चालित रेडियो अन्नपूर्णले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गरेको २०औं रक्तदान कार्यक्रममा...
रेडियो अन्नपूर्णद्वारा रक्तदान कार्यक्रम सम्पन्न

पोखरा, चैत २० : शान्ति र विकासका लागि सञ्चार भन्ने मूलनाराका साथ पोखरामा सञ्चालित रेडियो अन्नपूर्णले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गरेको २०औं रक्तदान कार्यक्रममा १६० युनिट रगत सङ्कलन भएको छ।

‘रक्तदान म पनि गर्छु’ भन्ने नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा  ६८ पटक रक्तदान गर्नुहुने पोखरेली तीर्थराज अवस्थीले पनि रगत दान गरेको कार्यक्रम संयोजक सरिता तिमिल्सिना पगेनीले जानकारी दिए। 

६५ जनाले पहिलो पटक रक्तदान गर्नुभएको सो कार्यक्रममा २६ महिलाको सहभागिता रहेको रक्तसञ्चार केन्द्र पोखरा र फिस्टेल नर्सिङ होमको प्राविधिक सहयोग रहेको रेडियोका समाचार संयोजक आर्जु विष्ट सल्यानीले जानकारी दिए।

प्रकाशित मिति: १४:३९ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्