Kathmandu Press

रसुवा कांग्रेसद्वारा घरदैलो कार्यक्रमलाई तीव्रता

रसुवा, चैत २० : आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले घरदैलो अभियानलाई तीव्रता दिएको छ।आफ्नो दलले गरेको जनहितकारी कार्य र...
रसुवा कांग्रेसद्वारा घरदैलो कार्यक्रमलाई तीव्रता

रसुवा, चैत २० : आगामी वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले घरदैलो अभियानलाई तीव्रता दिएको छ।

आफ्नो दलले गरेको जनहितकारी कार्य र भावी रणनीतिका बारेमा जनतालाई जानकारी गराउन घरदैलो अभियानलाई तीव्रता दिइएको सो उक्त दलले जनाएको हो।

जिल्ला सभापति पेम्वाछिरिङ तामाङका अनुसार जिल्लाको पाँच गाउँपालिकाअन्तर्गत २७ वटै वडामा आफ्ना दलले गर्ने कामको स्पष्ट खाकासहित नेता तथा कार्यकर्ता  घरदैलो पुगेर  भेटघाट गर्न थालेका छन्। 

Hardik ivf

विगतका कामको  कमीकमजोरी एवं थप सुधारका लागि  सुझाव समेत लिइरहेको जनाइएको छ। चुनावी अभियानअन्तर्गत ‘घरघरमा जाऔँ कांग्रेस जिताऔँ’ भन्ने नाराका साथ  निर्वाचनको अभियानमा कांग्रेसका शुभचिन्तक, शुभेच्छुक एवं नेताले मतदातालाई दलको धारणा स्पष्ट पार्न थालेका छन्।

पार्टी केन्द्रीय सदस्य रमा कोइराला पौडेलले  यहाँका पार्टी पङ्क्तिलाई प्रशिक्षण दिएकाले  घरदैलो कार्यक्रमअन्तर्गत मतदातासामु आफ्ना दलले गर्ने काम मतदातासामु प्रस्ट पार्न सहज भएको र बोलेका कुरा पूरा गरेर छोड्ने सभापति तामाङले बताए।

आफूहरुले गरेका जनहितकारी कामका बारेमा जिल्लावासीले राम्रो मूल्याङ्कन गर्न थालिसकेका कारण  विगतको भन्दा अहिलेको निर्वाचनमा  नेपाली कांग्रेसप्रतिको जनलहर बढी रहेको र आगामी निर्वाचनको नतिजा कांग्रेसको पक्षमा हुने रसुवाबाट प्रतिनिधित्व गर्नुभएका  केन्द्रय सदस्य  मोहन आचार्यले जिकिर गरे।

जिल्लाभित्रका  प्रत्येक गाउँटोलमा यातायातको पहुँच पु¥याई कालोपत्र गराउने, गुणस्तरीय शिक्षा, शुद्ध खानेपानीको व्यवस्था, स्थानीय स्तरमै उपचार सेवा, सिँचाइ, ग्रामीण सडकमा पक्की पुल, रोजगार, कृषि, पशुपालनजस्ता समग्र विकासका कार्य अगाडि बढाउन प्रथमिकताका साथ आफू  अगाडि बढिरहेको उनले बताए।

यसअघि स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले विजय हाँसिल गरेका नौकुण्ड र उत्तरगया गाउँपालिका एवं आमाछोदिङ्मो गाउँपालिका क्षेत्रमा गरिएका समग्र विकासले समुन्नत रसुवा निर्माणको खाका देखाइसकेको सदस्य आचार्यको भनाइ थियो।

यस्तै  स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिनका लागि उक्त पार्टीले आजदेखि छलफल अगाडि बढाएको छ। योग्य उम्मेदवार चयनका लागि गृहकार्य अगाडि बढाइएको  सभापति तामाङले बताए।

जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी वैशाखमा हुने निर्वाचनमा ३४ मतदान स्थलको ५१ केन्द्रबाट १८ हजार ८५६ महिलासहित कूल ३८ हजार ५४५ मतदाताले मतदान गर्ने  भएका छन्।

प्रकाशित मिति: १४:३३ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्