उदयपुरको बेलकामा भाेलिदेखि राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगिता हुने
उदयपुर, चैत २० : उदयपुर जिल्लाको बेलका नगरपालिकामा खुला राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिता हुने भएको छ।'स्वास्थ्य जीवन बेलाकाको अभियान, अनुशासित खेलकुद युवाको पहिचान'...
उदयपुर, चैत २० : उदयपुर जिल्लाको बेलका नगरपालिकामा खुला राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिता हुने भएको छ।
'स्वास्थ्य जीवन बेलाकाको अभियान, अनुशासित खेलकुद युवाको पहिचान' भन्ने मुल नाराका साथ प्रतियोगीता आयोजना गर्न लागिएको हो।
जिल्ला ह्याण्डबल संघ उदयपुरको आयोजना तथा नगर खेलकुद बिकास समिती बेलाकाको संयोजनमा चैत्र २१ गते देखि खेल संचालन हुने जिल्ला ह्याण्डबल संघ उदयपुरका अध्यक्ष शम्भु पौडेलले जानकारी दिए।
खुला राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगितामा दुई बिभागीय टोली एपीएफ र आर्मी सहित सबै प्रदेश बाट खेलाडीहरुको सहभागीता रहने उहाले बताए।
प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुने टोलीलाइ क्रमश १ लाख, ५० हजार र २५ नगद सहित मेडल, प्रमाण पत्र तथा ट्रफीले सम्मन गरिने छ।
प्रतियोगीता चार दिन सम्म संचालन हुने र अनुमानित १५ लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ।











