Kathmandu Press

भारतीय जिपको ठक्करले धनुषामा एक पैदलयात्रीकाे मृत्यु

धनुषा, चैत २० : धनुषाको विदेहमा भारतीय नम्बरको स्कारपियो जिपको ठक्करबाट शनिबार राति एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा विदेह नगरपालिका–६ एकराहीका ४०...
भारतीय जिपको ठक्करले धनुषामा एक पैदलयात्रीकाे मृत्यु

धनुषा, चैत २० : धनुषाको विदेहमा भारतीय नम्बरको स्कारपियो जिपको ठक्करबाट शनिबार राति एक पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको छ। 

मृत्यु हुनेमा विदेह नगरपालिका–६ एकराहीका ४० वर्षीय हरिचन्द्र खत्वे मण्डल रहेको प्रहरीले जनाएको छ।

सोही स्कार्पियोको ठक्करले दुई साइकलयात्री घाइते भएका छन्। उनीहरू विदेह–६ एकराहीका ४२ वर्षीय कुल्दिप महरा र ४० वर्षीय दीपु महरा रहेको प्रहरीले जानकारी दिएको छ।    

उनीहरूको जनकपुरस्थित रामजानकी अस्पतालमा उपचार भइरहेको छ। 

पैदलयात्री र साइकलयात्रीलाई ठक्कर दिने स्कार्पियो र चालकलाई प्हरीले नियन्त्रणमा लिएको जनाइएको छ।

प्रकाशित मिति: १२:०४ बजे, आइतबार, चैत २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्