आजबाट रमजान सुरु
काठमाडौं, चैत २० : इस्लाम धर्मावलम्बीको महत्वपूर्ण पर्व रमजान आजबाट सुरु भएको छ।यो पर्वमा इस्लाम धर्मालम्बी एक महीना रोजा बस्छन्। उनीहरु बिहानैदेखि सूर्यास्त...
काठमाडौं, चैत २० : इस्लाम धर्मावलम्बीको महत्वपूर्ण पर्व रमजान आजबाट सुरु भएको छ।
यो पर्वमा इस्लाम धर्मालम्बी एक महीना रोजा बस्छन्। उनीहरु बिहानैदेखि सूर्यास्त नभएसम्म पानी पनि खाँदैनन्। बिहान ४ः१५ बजेदेखि बेलुका ६ः२० बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ।
रोजाको समयमा दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिका पनि परिवर्तन हुनेगर्छ। रमजानको महिनामा नै सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको विश्वास गरिन्छ।
यो महिनाभरी दान दिने, गरीब तथा दीनदुःखीको सेवा गर्ने प्रचलन छ।
प्रकाशित मिति: ०८:१९ बजे, आइतबार, चैत २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












