Kathmandu Press

आवश्यकताका आधारमा निर्वाचनमा गठबन्धन : वरिष्ठ नेता पौडेल

दमाैली, चैत १९ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकताका आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन हुने बताएका छन।नेपाली कांग्रेस देवघाट गाउँ कार्यसमितिले...
आवश्यकताका आधारमा निर्वाचनमा गठबन्धन : वरिष्ठ नेता पौडेल
Hardik ivf

दमाैली, चैत १९ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आवश्यकताका आधारमा स्थानीय तह निर्वाचनमा गठबन्धन हुने बताएका छन।

नेपाली कांग्रेस देवघाट गाउँ कार्यसमितिले आज आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वैशाख ३० गते हुने निर्वाचनमा स्थानीयस्तरको आवश्यकताका आधारमा गठबन्धन हुने जिकिर गरे। वरिष्ठ नेता पौडेलले निर्वाचनमा कांग्रेसका सबै उम्मेदवारले विजयी हासिल गर्नुपर्नेमा जोड दिँदै कांग्रेसबीच एकता र सहकार्य आवश्यक रहेको बताए।

कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले देवघाटका सबै वडामा कांग्रेसका उम्मेदवारले जित्नुपर्ने बताए। उनले भने, 'सबै वडामा कांग्रेसले जित्नुपर्छ, टिकटमा दाबी सबैको हुन्छ, टिकट एउटाले पाएपछि सबै एकढिक्का हुनुपर्छ।' कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई, जिल्ला सभापति जितप्रकाश आले लगायतले सम्बोधन गरेका थिए।

प्रकाशित मिति: २०:४४ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्