भक्तपुरमा चैत २६ गते उपत्यकाव्यापी धिमेबाजा प्रतियोगिता हुने
भक्तपुरमा यही चैत २६ गते उपत्यकाव्यापी छैटौं धिमेबाजा प्रतियोगिता हुने भएको छ।आयोजक ओस्ला नेपालले शनिबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै धिमेबाजाको विशेषता र व्यापकतालाई दृष्टिगत...
भक्तपुर, चैत १९ : भक्तपुरमा यही चैत २६ गते उपत्यकाव्यापी छैटौं धिमेबाजा प्रतियोगिता हुने भएको छ।
आयोजक ओस्ला नेपालले शनिबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै धिमेबाजाको विशेषता र व्यापकतालाई दृष्टिगत गर्दै यसलाई परिस्कृत र उत्कृष्ट बनाउन प्रतियोगिताको आयोजना गरिएको जनाएको हो।
प्रतियोगताको प्रथम पुरस्कार २५ हजार, द्धितिय पुरस्कार १५ हजार, तृतीय पुरस्कार १० हजार रहेको आयोजकले जनाएको छ।
मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा हुने प्रतियोगीतामा करिव ३६ वटा संघसंस्थाको सहभागीता रहने विश्वास आयोजकले लिएको छ। पत्रकार सम्मेलनमा मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भक्तपुरको ऐतिहासिक सम्पदा सस्कृति जगेर्नाका लागि नगरपालीका गम्भीर रहेको बताए।
नेवारी बाजाहरू अन्तर्गत धिमे महत्वपूर्ण जात्रा,चाडपर्वमा बजाईने बाजा हो। यसमा भुछ्या, सिछ्या र धिमा सयुक्त बजाइने गरिन्छ।












