Kathmandu Press

दशैं टिकाको दिन सेनाले राजधानीमा निशुल्क बस सञ्चालन गर्ने

काठमाडौं असोज १७ : दशैंको टिकाको दिन सर्वसाधारणको यातयातमा सहज होस् भनेर नेपाली सेनाले निशुल्क बस सेवा संचालन गर्ने भएको छ। 

सेनाले हरे....

दशैं टिकाको दिन सेनाले राजधानीमा निशुल्क बस सञ्चालन गर्ने

काठमाडौं असोज १७ : दशैंको टिकाको दिन सर्वसाधारणको यातयातमा सहज होस् भनेर नेपाली सेनाले निशुल्क बस सेवा संचालन गर्ने भएको छ। 

सेनाले हरेकवर्षमा टिकाको दिन  निशुल्क बस सञ्चालन गर्दै आएको छ। सेनाले यस  वर्ष ७ वटा रुटमा बस सेवा संचालन गर्ने भएको छ। 

सेनाले  टिकाको दिन विहान ८ बजे देखि ३ बजेसम्म बस सञ्चालन गर्ने जानकारी दिएको छ । 
 
यस्तो छ  रुट:

सेनाले  सञ्चालन गर्ने  पहिलो रुटमा भद्रकाली – कालिमाटी-कलंकी-नागढुंगा  भएर सोहि रुट फिर्ता आउने  छ  भने त्यस्तै दोस्रो रुटमा, भद्रकाली – बल्खु किर्तिपुर हुदै सोहि रुटबाट फिर्ता हुने छ।

तेस्रो  रुट भद्रकाली – बानेश्वर– कोटेश्वर– गठ्ठाघर – सूर्यविनायक हुदै सोहि रुट हुदै फिर्ता  हुने छ । चौथो  भद्रकाली – लैनचौर – महाराजगंज – बुढानिलकण्ठ हुदै सोहि रुट फिर्ता  हुने  छ।
 
पाँचौ रुटमा भद्रकाली – चाबहिल – जोरपाटी – थली– साँखु भएर सोहि रुट  फिर्ता हुने  छ। छैटो भद्रकाली – बानेश्वर – कोटेश्वर – सातदोबाटो – कलंकी – सितापाइला – बालाजु – महाराजगंज – चाबहिल – गौशाला – एयरपोर्ट – तिनकुने – भद्रकाली हुदै चक्रपथ परिक्रमा गर्नेछ । सातौमा भद्रकाली– माइतीघर– नयाँ बानेश्वर – एयरपोर्ट– गौशला– चाबहिल – महाराजगंज– बालाजु – सितापाइला– कलंकी – सातदोबाटो – कोटेश्वर – बानेश्वर हुदै सोहि  रुट फिर्ता हुने छ। 
 

प्रकाशित मिति: १६:१५ बजे, शुक्रबार, असोज १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्