Kathmandu Press

वर्षको उत्कृष्ट महिला भलिबल खेलाडीबाट अरुणा शाही सम्मानित

काठमाडाैं, चैत १९ : नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही वर्षको उत्कृष्ट महिला भलिबल खेलाडीबाट सम्मानित भएकी छन्।नेपाल भलिबल संघले २०७७ सालमा...
वर्षको उत्कृष्ट महिला भलिबल खेलाडीबाट अरुणा शाही सम्मानित

काठमाडाैं, चैत १९ : नेपाली महिला भलिबल टिमकी कप्तान अरुणा शाही वर्षको उत्कृष्ट महिला भलिबल खेलाडीबाट सम्मानित भएकी छन्।

नेपाल भलिबल संघले २०७७ सालमा गरेको प्रदर्शनका आधारमा अरुणालाई महिला विधातर्फ उत्कृष्ट खेलाडीबाट सम्मान गरेको हो। सम्मानसँगै अरुणाले ४० हजार रुपैयाँ प्राप्त गरिन्।

पछिल्लो पटक नेपाली महिला भलिबल टिमले अन्तराष्ट्रिय स्तरमा पाउको सफलता अरुणाको कप्तानीमा पाएको थियो। यस्तै पुरुषतर्फ गण्डकी प्रदेशका घनश्याम चौधरीले यो पुरस्कार पाए।

टाइगर कपको उत्कृष्ट खेलाडी बनेका उनले पनि ४० हजार रुपैयाँ हात पारे। सम्मानपछि अरुणाले संघले खेलाडीको हौसला बढाउने काम गरेको बताइन्। 

तेस्रो संस्करणका रुपमा रहेको यो अवार्डसँग योपटक खेलाडीको अक्षयकोषमा एक लाख रुपैयाँ थपिने भएको छ। यसअघि १० लाख रुपैयाँको अक्षयकोष हुँदा अब त्यसमा एक लाख रुपैयाँ थपिने त्यस्तै संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए।

कार्यक्रममा संघले खेलाडीको हौसला बढाउन विभिन्न कार्यक्रमको आयोजना गरिने जनाएको छ।

प्रकाशित मिति: १७:२१ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्