मछिन्द्र क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीच हुने खेलको तयारी पूरा
काठमाडाैं, चैत १९ : एएफसी कप छनोट-२०२२ को प्ले अफ अन्तर्गत मछिन्द्र फुटबल क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीचको खेलको सम्पूर्ण तयारी पूरा...
काठमाडाैं, चैत १९ : एएफसी कप छनोट-२०२२ को प्ले अफ अन्तर्गत मछिन्द्र फुटबल क्लब र श्रीलंकन क्लब ब्लु स्टारबीचको खेलको सम्पूर्ण तयारी पूरा भएको छ।
'ए' डिभिजन लिग च्याम्पियन मछिन्द्र एफसीले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै खेलको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
मछिन्द्रले मंगलबार ब्लु स्टारसँग प्रतिस्पर्धा गर्नेछ। मछिन्द्र र ब्लु स्टारबीचको खेल दशरथ रंगशालामा हुनेछ। मछिन्द्रले खेलको टिकट दर १ हजार र ५ सय राखेको छ।
भीआईपीतर्फ १ हजार र सामान्यतर्फ ५ सयको टिकट दर राखिएको छ। खेल अघि सबिन राईको कन्सर्ट हुने मछिन्द्रले जनाएको छ ।
यस खेलको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ। जुन खेल अप्रिल १२ मा हुनेछ। मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो।
अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोटको मौका गुमाएको थियो। यस पटक भने मछिन्द्रले क्लब लाइसेन्स प्राप्त गरिसकेको छ। मछिन्द्रसहित मनाङ, त्रिभुवन आर्मी र एपिएफले क्लब लाइसेन्स पाएको छ।











