Kathmandu Press

बागलुङ कालिका मन्दिरमा भक्तजनको भिड

काठमाडाैं, चैत १९ : चैते दसैं नजिकिएसँगै गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङको कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ।अहिले मन्दिर परिसरको पार्किङस्थलमा...
बागलुङ कालिका मन्दिरमा भक्तजनको भिड

काठमाडाैं, चैत १९ : चैते दसैं नजिकिएसँगै गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङको कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ।

अहिले मन्दिर परिसरको पार्किङस्थलमा सवारी साधन पार्किङ गर्ने  ठाउँको अभाब हुनाका साथ पूजा सामग्री खरिद गर्ने पसलमा भीड लागेको छ। मन्दिरमा लागेको भीड मूल प्रवेशद्वारसम्म नै पुगेकाले पोखरा–बागलुङ राजमार्गसमेत बेलाबेलामा जाम हुन थालेको छ।

Hardik ivf

कोरोनाको महामारीका कारण विगत दुई वर्षको चैते दसैँमा नखुलेको कालिका मन्दिरमा अहिले काठमाडौँ, चितवन, भैरहवा, पोखरालगायत स्थानबाट भक्तजन दर्शनका लागि आएका छन्। उक्त मन्दिरमा वडा दसैँ र चैतेदसैँको नवरात्रमा ठुलो भिड लाग्ने गर्दछ। 

लामो समयपछि खुलेको उक्त मन्दिरमा दर्शन गर्नेको सङ्ख्या अधिक रहेको बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए। कोरोनाका कारण  लामो समयसम्म मन्दिर  बन्द हुँदा भक्तजनले बलिसमेत दिन पाएका थिएनन्।

अहिले बलि चढाउने, भाकल गर्ने तथा मन्दिर परिसरमा पूजापाठ लगाउनेको चाप बढेको उनको भनाइ थियो। मन्दिर क्षेत्रमा भीडभाड भएसँगै जिल्ला प्रहरी कार्यालयले सुरक्षा बढाएको छ। चैते दसैँको अवसरमा गुठीले यही चैत २४ देखि २८ गतेसम्म चैते दसैँ मेलासमेत आयोजना गरेको छ।

मन्दिरमा चैत्राष्टमी र वडादसैँमा विशेष पूजाआजा हुने भएकाले यही समयमा धेरै भक्तजनको भीड लाग्ने गरेको छ। उक्त मन्दिरमा बोका, राँगो, कुखुरालगायतको बलि चढाइनाका साथै शान्तिको प्रतीक परेवा उडाउने गरिन्छ।

प्रकाशित मिति: १५:५७ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्