Kathmandu Press

नुवाकोटमा तीन दलबीच तालमेल

नुवाकोटमा तीन दलबीच तालमेल

काठमाडाैं, चैत १९ : आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारूढ राजनीतिक दलहरुबीच तालमेल र गठबन्धन गर्न नुवाकोटमा आवश्यक तयारी गर्न थालिएकोे छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष एवम् संयोजकहरुको बैठकले पालिका भागबन्डा गरेर उम्मेदवार उठाउन शुक्रबार साँझ विदुरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको छलफल सकारात्मक भएको र निष्कर्षमा पुग्न बाँकी रहेको जनाएको छ।

Hardik ivf

बैठकमा कांग्रेस जिल्ला सभापति रमेशकुमार महत, माओवादी केन्द्र० का जिल्ला समन्वय प्रमुख पुष्प लामिछाने ‘अरुण’ र एकीकृत समाजवादीका जिल्ला अध्यक्ष गोविन्द नेपालीसहित तीन दलका जिल्ला नेताहरुको बैठकमा आगामी चुनावमा कुन पालिकामा कुन पार्टीले भाग लिने भन्ने सम्बन्धमा छलफल गरेका थिए। 

बैठकपछि जारीे संयुक्त विज्ञप्तिमा ‘सङ्घीय सरकारमा संलग्न गठबन्धन दलहरुको केन्द्रीय संयन्त्रको निर्णय तथा सम्बन्धित पार्टीको केन्द्रीय समितिको परिपत्रअनुसार आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्बन्धमा सत्तागठबन्धन दलका जिल्लामा उपलब्ध प्रमुखहरुको बैठक बसी प्रारम्भिक छलफल गरिएको’ उल्लेख गरिएको छ।

बैठकमा दलहरुले आ–आफ्नो पार्टीका तर्फबाट प्रस्ताव गरिएका र त्यसमाथि भएको छलफल सकारात्मक रहेको बताए पनि अन्तिम निर्णय भने हुन बाँकी रहेको जनाइएको छ। छलफलमा जिल्लामा रहेका बाह्र स्थानीय तहमध्ये नेपाली कांग्रेसले अहिले सातवटा स्थानीय तहमा आफ्नो नेतृत्व रहेकामा ती पालिका नभए पनि त्यति सङ्ख्यामा आफ्नो नेतृत्व हुनुपर्ने प्रस्ताव गरेको छ।

माओवादी केन्द्रले अहिले दुई पालिकामा नेतृत्व भए पनि अबको चुनावमा चार पालिका हुनुपर्ने माग गरेको छ भने नेकपा समाजवादीले हाल एमालेले जितेका तीन पालिका भएकाले सोही पालिका नभए पनि सोही सङ्ख्यामा आफ्नो पार्टीको नेतृत्व हुनुपर्ने माग गरेको छ।

अब पुनः आन्तरिक तयारीका साथ अर्को बैठक छिट्टै बस्ने जिल्ला नेताहरुले बताए। 

प्रकाशित मिति: १५:४३ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्