Kathmandu Press

शाक्य महाविहार संघमा १८ सदस्यीय नयाँ कार्यसमिति

काठमाडाैं, चैत १९ : शाक्य महाविहार संघको आज यहाँ सम्पन्न दोस्रो महाधिवेशनले शुभकाजी शाक्यको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको...
शाक्य महाविहार संघमा १८ सदस्यीय नयाँ कार्यसमिति

काठमाडाैं, चैत १९ : शाक्य महाविहार संघको आज यहाँ सम्पन्न दोस्रो महाधिवेशनले शुभकाजी शाक्यको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

कार्यसमितिको उपाध्यक्ष द्वयमा अमीरमान शाक्य र गौतम शाक्य, महासचिवमा संघरत्न शाक्य, सचिवमा राजेश शाक्य, कोषाध्यक्षमा चैतन्यराज शाक्य र सहकोषाध्यक्षमा दिलीपरत्न शाक्य छन्। त्यसैगरी, विजय रत्न असंबरे, रोशन बहादुर शाक्य, तीर्थ रत्न शाक्य, आनन्द रत्न शाक्य, चन्द्रलोक शाक्य, सुरेश शाक्य, अनित शाक्य, लेख रत्न शाक्य, दुर्गादेवी शाक्य, अमीर कुमारी शाक्य र मणिकर शाक्य सदस्य चयन भएका छन्। 

Hardik ivf

संघले काठमाडौँका सम्पदाहरुको संरक्षण र बहाःबही तथा विहारहरुको पुनःनिर्माण एवं मर्मत सुधारमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर स्वरुप काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यलाई विशेष सम्मान गरेको थियो। 

साथै संघले मञ्जुश्रीनक महाविहार (बिकमाःबहाः) का थकाली मोतीमान शाक्य र शाक्यकेतु महाविहार (मरुबही) का थकाली पुष्पराजन शाक्यलाई ध्रुवतारा सम्मान सहित जनही रु. १० हजार नगद प्रदान गरेको थियो । 

संघका अध्यक्ष शुभकाजी शाक्यको सभापतित्वमा भएको महाधिवेशन तथा छैंटौं साधारण सभालाई सम्बोधन गर्दै मेयर शाक्यले विविध कारण ढिलाइ भए पनि अहिले विकास निर्माणका कार्यले गति लिएको र अधिकाँश त्यस्ता कार्य निर्धारित समयभित्र सम्पन्न हुने विश्वास व्यक्त गरे। 

उनले सम्पदा संरक्षणका लागि विदेशीको सहयोगको जरुरत नभएको बरु आन्तरिक स्रोत नै पर्याप्त रहेको बताए। 

सो महाधिवेशनमा संघका महासचिव संघरत्न शाक्यले संस्थाको वार्षिक प्रगति विवरण र कोषाध्यक्ष चैतन्यराज शाक्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। 

२०७१ सालमा स्थापित यस संघमा शाक्यहरुको मात्रै बसोबास रहेका काठमाडौँका १० महाविहार आबद्ध छन्। 

प्रकाशित मिति: १५:२६ बजे, शनिबार, चैत १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्